एनसेलको प्रष्टिकरणः ‘नेपालको कर कानून उल्लंघन गरेर कुनै कारोबार भएको छैन’

एनसेलको प्रष्टिकरणः ‘नेपालको कर कानून उल्लंघन गरेर कुनै कारोबार भएको छैन’

केन्द्रबिन्दु
0
Shares

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपालको कर कानून उल्लंघन गरेर कुनै पनि कारोबार नगरेको दाबी गरेको छ। 

एनसेलले एक विज्ञप्ति सार्वजनिक गर्दै भनेको छ, 'एनसेलले आजको दिनसम्मको सबै कर दायित्वहरु सम्पुर्ण रुपमा पालना गरेको छ र यसको प्रमाणिकरण कर कार्यालयबाट भएको छ । साथै यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुन अनुसार यसको पालना गरिनेछ । यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिबद्घ रहेको छ र आफ्ना सम्पूर्ण सरोकारवालाहरुलाई एनसेल एक जिम्मेवार वित्तिय अभ्यास पालना गर्ने कम्पनी भएको सुनिश्चित गराउन चाहन्छौं ।  '

एनसेलको ८० प्रतिशत स्वामित्व नेपाली मुलका लगानीकर्ताले लिने सम्झौता भएसँगै आम नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्दै नेपाल सरकारले अंगिकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरु हासिल गर्न सरकारलाई योगदान पुर्याउन प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

एनसेलले पछिल्लो सेयर कारोबारको इन्टरप्राइज भ्याल्यू लगभग ४० करोड अमेरिकी डलर रहेको बताएको छ। 

Logo