रेमिट्यान्स ३० प्रतिशतले बढ्यो

रेमिट्यान्स ३० प्रतिशतले बढ्यो

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले रेमिट्यान्स ३० प्रतिशतले बढेको जनाएको छ।

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३० प्रतिशतले वृद्धि भएको जनाएको हो। 

विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धिका कारण चालु खाता तथा शोधनान्तर स्थिति बचतमा राख्न सहयोग पुगेको बैंकले दाबी गरेको छ। चालु आर्थिक वर्षको तीन महिनामा चालु खाता रु.५९ अर्ब ९ करोड र शोधनान्तर स्थिति रु.९९ अर्ब ७ करोडले बचतमा रहेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु.३५ अर्ब २४ करोडले घाटामा र शोधनान्तर स्थिति रु.१२ अर्ब ४३ करोडले बचतमा रहेको थियो। शोधनान्तर स्थितिमा आएको सुधारका कारण विदेशी विनिमय सञ्चितिमा पनि सुधार भई २०८० असोज मसान्तमा रु.१६४३ अर्ब ९ करोड पुगेको छ, जुन करिब १०.३ महिनाको वस्तु तथासेवा आयात धान्न पर्याप्त रहेको छ।

Skip This
Skip This
Logo