साताकाे पहिलाे काराेवार दिन नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ लाख १८ हजार ८ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज १३ सय रूपैयाँले घटेर १ लाख १७ हजार ५ सय रूपैयाँ कायम भएको हो।
साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १६ हजार ९ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि घटेकाे छ। शुक्रबार १ हजार ४ सय ८० रूपैयाँमा काराेवार भएकाे चाँदी आज ५५ रूपैयाँले घटेर १ हजार ४ सय २५ रूपैयाँमा काराेवार भइरहेकाे छ।





























प्रतिक्रिया