आइपिएलमा नपत्याइएका नेपाली खेलाडीकाे पिएसएलमा लाग्याे ओइरो [भिडियाे]

आइपिएलमा नपत्याइएका नेपाली खेलाडीकाे पिएसएलमा लाग्याे ओइरो [भिडियाे]


गएराती सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल)–२०२४ को अक्सनमा नेपाली खेलाडी अटाएनन्। भारतीय क्रिकेट बोर्ड(बिसिसिआई)ले आयोजना गर्ने आइपिएल–२०२४ को अक्सनमा कुनैपनि नेपाली खेलाडीको नाम छैन।

आइपिएल विश्वकै सबैभन्दा सफल टि–२० फ्रेन्चाइज लिग क्रिकेट हो। यो लिगसँग जोडिन हरेक क्रिकेट खेलाडीले चाहना राख्छन् । यो लिगमा छनौट हुने खेलाडीले एकै सिजन नाम र दाम दुबै भरपूर कमाउँछन्। 

पिएसएलमा खेलाडीहरुलाई उनीहरुको क्षमता अनुसार विभिन्न क्याटोगरीमा छुट्याइन्छ जसमध्ये स्पिनर सन्दीप लामिछाने प्लेटिनम, अलराउन्डर गुलशन झा र अन्य ८ खेलाडी सिल्भर क्याटेगोरीमा परेका हुन्।

सन् २०१८ को अक्सनमा स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सका लागि छानिनु नै अहिलेसम्म नेपाली क्रिकेटरका लागि ठूलो उपलब्धि हो। उक्त वर्ष सन्दीपलाई दिल्ली क्यापिटल्सले २० लाखमा किनेको थियो। सन्दीप आइपिएल खेल्ने पहिलो र एक मात्र नेपाली खेलाडी हुन्।

२०२० मा दिल्लीले सन्दीपलाई फुकुवा गरेको थियो। २०२१ र २०२२ को अक्सनको सर्ट लिष्टमा सन्दीप परेपनि कुनै पनि टोलीले उनलाई किनेका थिएनन्। आइपिएल अक्सन आगामी डिसेम्बर १९ मा दुबईमा हुँदैछ। जसमा ३० विदेशी खेलाडी बिक्ने कोटा बाँकी छ। 

पछिल्लो सात महिनामा नेपालले भारतसँग ३ महत्वपूर्ण खेल खेलेको थियो। नेपालले एसिया कपमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो। कम्तिमा नेपाली खेलाडी आइपिएलको अक्सनमा पर्न सक्ने अनुमान गरिएको थियो। 

सन्दीप आइपिएल खेल्ने पहिलो र एक मात्र नेपाली खेलाडी हुन्।

नेपालका लागि यो लिग खेलिसकेका एक मात्र भाग्यमानी क्रिकेटर सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी वर्ष २०२४ को आइपिएलमा छनौट हुन्छन् कि भन्ने धेरै नेपालीहरुले सोचेका थिए। तर सबैको सोच विपरित वर्ष २०२४ मा सञ्चालन हुने आइपिएलमा नेपालका कुनै पनि खेलाडी छनौट नै भएनन्।

बिसिसिआईले यस्तो किन गर्यो होला ? यो आफैँमा महत्वपूर्ण प्रश्न हो। तर यसै कारणले नेपाली खेलाडीलाई छनौट गरिएन भन्ने यकिन जवाफ कोहीसँग पनि छैन। यो वर्ष बिसिसिआईले एसोसिएट्स राष्ट्रबाट २ जना खेलाडीलाई मात्र छनौट गरिएको छ। ती दुई खेलाडीहरु नेदरल्यान्ड्सका भान मर्केन र डेविड विजा हुन्।

बिसिसिआईका अनुसार यो वर्षको अक्सन क्याप्ड खेलाडीहरूबाट सुरु हुनेछ। जसमा ब्याट्सम्यान सुरुमा, त्यसपछि अलराउन्डर, विकेटकिपर, फास्ट बलर र स्पिनरहरु छनौट गरिन्छ। अन्त्यमा अनक्याप खेलाडीहरूको लागि पनि यही क्रम दोहोर्याइन्छ। 

पाकिस्तान सुपर लिगले जारी गरेको ड्राफ्ट लिष्टमा सन्दीप लामिछाने, गुलशन झा,आशिफ शेख, आरिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी परेका छन्।

यस पटकको अक्सनमा कुल ३ सय ३३ खेलाडी छानिएका छन्। जसमा २ सय १४ भारतीय र १ सय १९ विदेशी खेलाडीहरु छन्। त्यसमध्ये दुई एसोसिएट राष्ट्रका खेलाडी पनि छन्। अक्सनमा बढीमा ७७ खेलाडी बिक्री हुनेछन्। जसमा ३० विदेशी खेलाडीको कोटा छ। आइपिएलमा २३ खेलाडीले सर्वाधिक २ करोड न्यूनतम मूल्य राखेका छन्।

यसैगरी अर्कोतर्फ पाकिस्तान सुपर लिग(पिएसएल)–२०२४ का लागि १० नेपाली खेलाडी ड्राफ्टमा परेका छन्। पाकिस्तान सुपर लिगले जारी गरेको ड्राफ्ट लिष्टमा सन्दीप लामिछाने, गुलशन झा,आशिफ शेख, आरिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी परेका छन्।

पिएसएलमा खेलाडीहरुलाई उनीहरुको क्षमता अनुसार विभिन्न क्याटोगरीमा छुट्याइन्छ जसमध्ये स्पिनर सन्दीप लामिछाने प्लेटिनम, अलराउन्डर गुलशन झा र अन्य ८ खेलाडी सिल्भर क्याटेगोरीमा परेका हुन्।

सन् २०१८ को अक्सनमा स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सका लागि छानिनु नै अहिलेसम्म नेपाली क्रिकेटरका लागि ठूलो उपलब्धि हो।

प्लेटिनममा बिक्ने खेलाडीले १ लाख ४८ हजार अमेरिकी डलर अर्थात १ करोड ४० लाख रुपैयाँ पाउछन् भने, गोल्ड क्याटेगोरीमा बिक्ने खेलाडीले ३७ हजार ४ सय ३५ डलर अर्थात ५० लाख रुपैयाँ पाउनेछन्। यस्तै सिल्भर क्याटेगोरीमा बिक्ने खेलाडीले १८ हजार अमेरिकी डलर अर्थात २५ लाख नेपाली रुपैयाँ पाउनेछन्।

Logo