अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन्।आज मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले सकारात्मक संकेत देखिएको बताएका हुन्।
अर्थमन्त्री महतले प्रधानमन्त्री र आफ्नो उपस्थितिमा निजी क्षेत्र, अर्थविद् र सरोकारवालासँग पटक पटक अन्तर्क्रिया गरी प्राप्त सुझावका आधारमा आर्थिक सुधारका विषयलाई अगाडि बढाइएको जानकारी दिए।
उनले लामो समयको प्रयासपछि अर्थतन्त्रमा सुधार देखिन थालेको बताए। बैंकको ब्याजदर घट्नु र राजस्व संकलनमा सुधार देखिनु अर्थतन्त्रमा सकारात्मक संकेतको लक्षण भएको उनको भनाई छ।
चालू खातामा ५९ अर्ब बचत रहेको छ। विदेशी मुद्रातर्फ १२ अर्ब ३३ करोड डलर सञ्चित छ। यस अवधिसम्म ९ लाख भन्दा धेरै पर्यटक नेपाल भित्रनु पनि सुधारको संकेत भएको उनले बताए।
उनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्क बिचको उच्च स्तरको निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमशः खुकुलो बनाउँदै लगिएको बताए।
‘हालै भएको मौद्रिक नीतिको चौमासिक समीक्षाबाट मौद्रिक नीतिमा महत्त्वपूर्ण परिवर्तन भएको छ। सार्वजनिक संस्थान सुधारका लागि गृहकार्य भइरहेको छ। निजीकरण समितिलाई क्रियाशील बनाई काम अगाडि बढाइएको छ’ अर्थमन्त्री महतले भने।





























प्रतिक्रिया