ब्ल्याक एण्ड डेक्करको ‘विन्टर चिल्स, सिज्लिङ डिल्स’ क्याम्पेन सार्वजनिक

ब्ल्याक एण्ड डेक्करको ‘विन्टर चिल्स, सिज्लिङ डिल्स’ क्याम्पेन सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

११३ बर्षको लामो इतिहास बोकेको विश्वविख्यात अमेरिकी ब्रान्ड ब्ल्याक एण्ड डेक्करले जाडोलाई लक्षित गरेर ‘विन्टर चिल्स, सिज्लिङ डिल्स’ क्याम्पेन सार्वजनिक गरेकाे छ । जाडोमा उपयोगी विभिन्न उपकरणहरूमा आकर्षक छुटसहितकाे क्याम्पेन बजारमा ल्याइएको हाे । 

जाडो महिनामा घरायसी कार्य सहज बनाउने उपायलाई मध्यनजरमा राखेर कम्पनीले जाडोलाई विशेष लक्षित गरी ल्याएकाे यस क्याम्पेनअन्तर्गत ओएफआर हिटर, पिटिसि हिटर, एअर ह्युमिडिफायर, फ्यान हिटर, एअर फ्राइर, इलेक्ट्रिक ओभन, ओटिजि ओभन, इलेक्ट्रिक प्रेसर कूकर, कफी मेकर र कित्लीजस्ता अत्यन्तै उपयोगी उत्पादनहरू आकर्षक मूल्यमा बजारमा ल्याएको छ ।

अन्तर्राष्ट्रिय ब्रान्ड ब्ल्याक एण्ड डेक्करका उत्पादनहरु आधुनिक डिजाईनका टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज हुनेमा कम्पनी विश्वस्त छ । ब्ल्याक एण्ड डेक्करले प्रविधिको क्षेत्रमा नवीनता र आयाम थप्दै आफ्नो सुरुवाती दिनहरूदेखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको छ । यसका हरेक उत्पादनहरुमा २४ महिनाको वारेन्टी रहेको छ।  

नेपालको लागि ब्ल्याक एण्ड डेक्कर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।

Logo