रोजगारको शिलशिलामा संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आएका नेपालीहरुले नेपालमा सजिलै रकम पठाउन सक्ने गरी एनआईसी एशिया बैंकले रणनीतिक साझेदारी गरेको छ। जसअनुसार बैंकले अल अन्सारी एक्सचेन्जसँग रणनीतिक साझेदारी सम्पन्न गरेको हो।
समझदारी अनुसार युएईमा आक्रामक बजार विस्तार गरिरहेको उक्त कम्पनीका २५० भन्दा बढी शाखा कार्यालयहरु तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप) बाट नेपालमा रकम पठाउन सहज हुनेछ।
भौतिक रूपमा युएईभर तथा वेबसाइट तथा मोबाइल एपबाट डिजिटल रूपमा दरिलो उपस्थिति रहेको उक्त अल अन्सारी एक्सचेन्ज कम्पनीबाट पठाइएको रकम सो बैङ्कका ३६० शाखा कार्यालय, १११ विस्तारित काउन्टर, ५५ वटा शाखा रहित बैंकिङ्ग इकाई र १६ हजार भन्दा बढी रेमिटेन्स एजेन्टहरूमार्फत सहजै भुक्तानी लिन सकिनेछ।
साथै, सो बैङ्कको मोबाइल बैंकिङ्ग एप एनआईसी एशिया माेबाइल बैंक भित्र रहेको रेमिट्यान्स आइकनमा ट्याप गरेर रिसिभ रेमिट भित्र आफूलाई प्राप्त रकम र पिन विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गरी रेमिटेन्स रकम सहजै बुझ्न सकिने व्यवस्था समेत रहेको छ।
साझेदारी कार्यान्वयनमा आए पश्चात् अब उक्त एक्सजेन्चबाट बैंकका साथै नेपालका जुनसुकै बैंकका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिनेछ।































प्रतिक्रिया