भाइबरमार्फत बससेवाको टिकट काट्दा शतप्रतिशत क्यासब्याक पाइने

भाइबरमार्फत बससेवाको टिकट काट्दा शतप्रतिशत क्यासब्याक पाइने

केन्द्रबिन्दु
0
Shares

विश्वको अग्रणी सन्देश मुलक सञ्जाल राकुटेन भाइबरले आफ्नो च्याटबटमार्फत नेपालको बस टिकटिङ्ग सेवा प्रदायक बससेवाबाट टिकट काट्दा सयजनालाई क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ । 

अफरमा नेपालका कुनै पनि गन्तब्यका बस टिकट काट्दा भाग्यशाली सय जनाले शत प्रतिशत क्यासब्याक पाउनेछन् । यो अफर पौष १६ गतेसम्म सञ्चालन हुनेछ । 

योसँगै बससेवाको कुनै पनि गन्तब्यमा यात्रा गर्दा अथवा टुर प्याकेजमा जाँदा भाइबर मार्फत प्रयोगकर्ताले सजिलै टिकट काट्न सक्नेछन् । बससेवा र भाइबरकोबीचमा केही महिना अगाडी मात्र साझेदारी भएको थियो । 

अफरका बारेमा बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले भने, ‘हामी विश्वको अग्रणी सञ्चार संस्था भाइबरसँग सहकार्य गर्न पाउँदा अत्यन्त खुशी छौँ, मलाई विश्वास छ, आम यात्रुले यात्राका लागि थप सुविधा पाउनुहुनेछ । अबदेखि भाइबर मार्फत टिकट काट्दा थप सहजता हुनेछ । हामी नेपालको सार्बजनिक यातायातलाई थप सुविधायुक्त र विश्वसनिय बनाउन सफल हुनेछौँ ।’

यो अफरका विषयमा राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेले भने, ‘भाइबरमा हामी हाम्रा प्रयोगकर्तालाई सम्झनायोग्य सुविधा दिँदा हामी हर्षित छौँ, बस सेवासँगको सहकार्य मार्फत यो क्यासब्याक अफरले हरेक नेपाली यात्रुको यात्रा थप रोमाञ्चक र रमाइलो हुनेछ ।’ 

राकुटेन भाइबर विश्श्वको अग्रणी संचार संस्था हो, जसले विश्वका आम मानिसलाई जोड्ने काम गर्दछ । बससेवा नेपालको एक मात्र बस टिकटिङ्ग संस्था हो । जसबाट नेपालका कुनैपनि गन्तब्यमा अनलाइन मार्फत टिकट काट्न सकिन्छ । 

Skip This
Skip This
Logo