यशोदा फुड्सको प्रष्टीकरण- ‘अदालतले करेन्ट चाउचाउ उत्पादनमा रोक लगाएको छैन’

यशोदा फुड्सको प्रष्टीकरण- ‘अदालतले करेन्ट चाउचाउ उत्पादनमा रोक लगाएको छैन’

केन्द्रबिन्दु
0
Shares

यशोदा फुड्स प्रा.लिले उत्पादनमा उच्च अदालतले रोक लगाएको भनी दुष्प्रचार गरिएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ।

उक्त विज्ञप्तिमा उच्च अदालतले विवादित लेबलको दर्ता प्रमाणपत्र दिने कार्यमा रोक्न लगाएको विषयलाई गलत व्याख्या गरेर बिक्री वितरणमै रोक लगाएको भन्ने भ्रामक समाचारमा कुनै सत्यता नरहेको जनाएको हाे। 

कम्पनीले सम्पूर्ण उपभोक्ता,ग्राहक, व्यापारी वर्ग तथा डिलरहरूलाई भ्रामक समाचारकोपछि नलागी निरन्तर उपभोग तथा बिक्री वितरण गरिरहन अनुरोध गरेको छ।

सिजी फुड्स (नेपाल) प्रा.लि.ले उत्पादन तथा बिक्री वितरण गर्दै आएको तपसिलको लेबलेको करेन्ट चाउचाउ अन्तर्गतको उत्पादनको बिक्री वितरणमा रोक लगाई पाऊँ भनी उद्योग विभागमा उजुरी दिएको थियो। 

विभागले उजुरीको दाबी नपुग्ने र यस कम्पनीले दर्ता माग गरेको ट्रेडमार्क दर्ता हुने भनी उद्योग विभागबाट २०८० जेठ २९ मा फैसला भएको थियो।

उद्योग विभागको निर्णय उपर सिजी फुड्स (नेपाल) प्रा.लि.ले उच्च अदालत पाटनमा पुनः करेन्ट चाउचाउको उत्पादन बिक्री वितरण रोकी पाउन अन्तरकालीन आदेश माग गर्दै निवेदन दायर गरेको थियो।

उक्त निवेदनमा उच्च अदालत पाटनको संयुक्त इजलासले यस्तो सुनुवाइ गरेको थियो। ‘यस अदालतबाट विवादित विषयमा अर्थात् विपक्षीले दर्ता माग गरेको आवेदन नं.०९८२२२ मा उल्लिखित ट्रेडमार्कका हकमा सुरु तहले गरेको निर्णयको न्यायिक परीक्षण भई अन्तिम टुङ्गो लाग्न समेत बाँकी रहेको अवस्था हुँदा उद्योग विभाग त्रिपुरेश्वर, काठमाडौँबाट मिति २०८०/०२/२९ मा भएको निर्णय प्रस्तुत मुद्दाको फैसला नहुँदासम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न उपयुक्त हुने देखिन आयो।’

Logo