नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ ।
आइतबार नागरिक उड्डयन प्राधिकरणको २५औँ वार्षिकोत्सव कार्यक्रममा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पछिल्लो एक वर्षमा प्राधिकरणको सबै खर्च कटाएर खुद सञ्चालन मुनाफा ३ अर्ब ४९ करोड १५ लाख रहेको जानकारी दिएका हुन् । प्राधिकरणको आय एड्ओटिकलतर्फ ११ अर्ब ७२ करोड १७ लाख तथा नन्एड्ओटिकलतर्फ १ अर्ब ७८ करोड ८६ लाख गरी जम्मा १३ अर्ब ५१ करोड ३ लाख आम्दानी भएको उनको भनाई छ ।
महानिर्देशक अधिकारीका अनुसार पुँजीगत खर्चतर्फ ७ अर्ब ४४ करोड ३८ लाख, कार्यसञ्चालनतर्फ ४ अर्ब २२ करोड ९९ लाख, आयकर तथा अन्य खर्च ४ अर्ब १५ करोड ५ लाख गरी १५ अर्ब ८२ करोड ८३ लाख खर्च भएको छ । प्राधिकरण स्थापनाको पछिल्लो २५ वर्षमा हवाई उडान १९२ प्रतिशतले वृद्धि भएको उनले बताए ।































प्रतिक्रिया