यस्ताे छ आज तरकारी तथा फलफूलकाे मूल्य

यस्ताे छ आज तरकारी तथा फलफूलकाे मूल्य

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार हरियो अंगुर १५० रुपैयाँ, अनार ३०० रुपैयाँ हरियो अंगुर २२० र कालो अंगुर ३२० रुपैयाँ, किवी ३०० रुपैयाँ, आभोबाडो २५० रुपैयाँ पर्दछ भने अमला ८० र अम्बा १२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ५० रुपैयाँ, लोकल सानो गोलभेँडा १५ रुपैयाँ, अदुवा १४० रुपैयाँ, रातो आलु ३५ रुपैयाँ, सेतो आलु २६ रुपैयाँ रहेको छ भने स्थानीय काउली २५ रुपैयाँ, कागती ११० रुपैयाँ, सुकेको खुर्सानी ४८० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

त्यस्तै, सखरखण्ड ६० रुख कटहरर ११० रुपैयाँ तोकिएको छ। यसैगरी, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ,लोकल सेतो मूला १२ रुपैयाँ,रातो मूला १५ रुपैयाँ लोकल घिउ सिमी ३० रुपैयाँ,पाकेको फर्सी ४० रुपैयाँ, लाम्चो हरियो फर्सी ३० रुपयाँमा खरिदबिक्र भइरहेको छ। 

यता, चमसूर र पालूगो साग ११० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ४० रुपैया, तराइ परवर ११० रुपैयाँ, न्यूरो ७० रुपैया, भारतीय सुकेको प्याज ७५ रुपैयाँ, चाइनिज प्याज ६५ रुपैयाँ, पुदीना २२० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ केजी कायम गरिएको छ।

ब्रोकाउली ३० रुपैयाँ, चाइनिज सुकेको लसुन २५० रुपैयाँ छ भने हरियो लसुन २५० र हरियो धनिया ९० रुपैयाँ पाइने समितले जनाएको छ। यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा २४० रुपैयाँ र रहु माछा ३६० रुपैयाँमा किनबेच भइरहेको छ।

Logo