आज लक्ष्मी सनराइज बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाे छ।
लक्ष्मी सनराइज बैंकले शेयरधनीहरुलाई ७.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७% बोनस सेयर र कर प्रयोजनका लागि ०.३७% नगद लाभांश वितरण गर्दैछ।
उक्त लाभांश पारित गर्न पुस २६ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौँमा दिउँसो २ बजेदेखि सुरु हुनेछ।
कम्पनीले बिहीबार पुस १९ गते बुक क्लोज गर्दैछन्। तसर्थ, पुस १८ गतेसम्म कम्पनीमा रहेका सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन्।





























प्रतिक्रिया