नेपालको लागि टीभीएस मोटरको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस आईक्युबले १ लाख किलोमिटरको यात्रा सम्पन्न भएको जानकारी दिएको छ। टीभीएस आईक्युब कम्पनीले नेपाली बजारमा लन्च गरेको पहिलो इलेक्ट्रिक स्कुटर हो।
सिङ्गल चार्जमा नै धेरै भन्दा धेरै माइलेज दिने, राइडिङ कम्फर्ट, इको फ्रेन्डलिनेस, आकर्षक मूल्य जस्ता विशेषताहरूले गर्दा लन्च भएको ४ महिनाभन्दा कम समयमा नै आईक्युबले यस उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ।
यस ग्रिन रिभोलुसन राइडमा अन्य पेट्रोल स्कुटर राइडको तुलनामा ३,५०० किलो कम कार्बन डाइअक्साइड उत्पादन भएको कम्पनीले जानकारी दिएको छ, जुन लगभग १७५ वटा रूख रोपेको बराबर हो। साथै अन्य पेट्रोल स्कुटर राइडको तुलनामा लगभग २५० लिटर कम इन्धन खपत भएको पनि कम्पनीले जनाएको छ।
समग्रमा ग्राहकको इन्धन लागतमा ४.६ लाख रुपैयाँ बचत भएको कम्पनीले जनाएको छ। साथै सरकारी कोषमा परेको विदेशी मुद्राको भार पनि घटाउन यसले मद्दत पुर्याएको छ।
विश्वव्यापी रूपमा टीभीएस आईक्युब २२५,००० घरहरूमा पुग्न सफल भएको छ । १.२५ बिलियन किलोमिटर भन्दा बढी दुरी गुड्दा टीभीएस आईक्युबले १५ मिलियन लिटर इन्धन बचत गरेको र ४३,७६५ टन कार्बन उत्सर्जन घटाएको कम्पनीले जनाएको छ जुन १.७ मिलियन रूखहरू रोपेको बराबर हुन्छ।
१००,००० किमीको कोसेढुङ्गा पार गरेको खुसीयालीमा टीभीएस मोटर कम्पनीले जगदम्बा मोटर्स प्रा.लि.को सहकार्यमा टीभीएस आईक्युबका ग्राहकहरूसँग ग्रिन रेभोलुसन राइड सञ्चालन गर्दै मनाएको छ।
नक्सालको टीभीएस शोरुमबाट सुरु भई भक्तपुरमा समाप्त भएको टीभीएस आईक्युब ग्रीन रिभोलुसन राइडमा ३० जना राइडरहरूको सहभागीता थियो।
यस राइडको मुख्य उद्देश्य वातावरणीय प्रदूषण विरुद्ध लड्ने, रूख बचाउने र ध्वनि प्रदूषण रोक्नमा पहल गर्नु थियो। यस कार्यक्रममा सेफ राइडिङको तालिम र सवारी साधनको मेन्टेनेन्स सम्बन्धी सुझावहरू प्रदान गरिनुको साथै सहभागी सबैलाई उपहार र प्रमाणपत्रहरू पनि प्रदान गरिएको थियो।































प्रतिक्रिया