नेपालीहरुको उद्धारमा सलाम एयरको सहयोग, समस्यामा परेका १६६ जना ओमानबाट स्वदेश फिर्ता

नेपालीहरुको उद्धारमा सलाम एयरको सहयोग, समस्यामा परेका १६६ जना ओमानबाट स्वदेश फिर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
ओमानबाट १६६ यात्रु बोकेर सलाम एयरको जाहाज काठमाडौँ विमानस्थलमा अवतरण गरेको छ ।

विदेशमा बस्ने कोभिड–१९ बाट प्रभावित नेपालीहरुलाई सम्बन्धित देश तथा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पालना गरि आवश्यक प्रक्रिया पश्चात नेपाल आउन सहजीकरण गर्ने नेपाल सरकारको निर्णय अनुसार सम्बन्धित देशका राजदुताबासबाट आवश्यक कार्यहरु अघि बढि नेपाल फर्किने काम प्रारम्भ भइसकेको छ ।

कोरोना भाइरसका कारण अप्ठ्यारोमा परेका नेपालीहरुको हवाई टिकट ब्यवस्थापनका सम्बन्धमा ओमानस्थित नेपाली राजदुताबाससंगको सहकार्यमा सलाम एयरले नेपालीहरुका लागि मानवीय सहयोग स्वरूप सुलभ दरमा टिकट उपलब्ध गराएको हो । बिपतको घडीमा ब्यबसायिक मुनाफा भन्दा पनि सेवाको भावनाका साथ अघि बढ्ने सलाम एयर र आफ्ना नागरिकको सेवालाई ध्यान दिने ओमनस्थित नेपाली राजदुत तथा राजदुताबाससँग आबद्ध सम्पूर्ण कर्मचारीहरुले उक्त कदमलाई सकरात्मक रुपमा लिएका छन् ।

सलाम एयरले नेपालमा आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभलको जीएसए व्यवस्थापनमा उडान भर्दै आइरहेको छ । नेपालमा आफ्नो हवाई सेवा विस्तार गरेको करिब डेढ वर्षको हाराहारीमा नै माहामारीको अवस्था झेल्नु परे पनि मानवीय सेवाका लागि सलाम एयरको निक्कै ठूलो योगदान रहेको कुरा आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले जनाए ।

Skip This
Skip This
Logo