सहकारीको बचत दुरुपयोग गर्ने कानूनको कठघरामा आउँछन्ः अर्थमन्त्री महत

सहकारीको बचत दुरुपयोग गर्ने कानूनको कठघरामा आउँछन्ः अर्थमन्त्री महत

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको बचत दुरुपयोग गर्ने कानूनको कठघरामा आउने बताएका छन्। 

शुक्रबार अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको रजत महोत्सवमा बोल्दै मन्त्री डा.महतले बचतकर्ताको विश्वास दुरुपयोग गर्नेहरु एकक्षणका लागि कानूनको दायराबाट भागेपनि सधैं भाग्न नसक्ने बताएका हुन्। 

‘बचतकर्ताको विश्वास दुरुपयोग गर्नेहरु एकक्षणका लागि कानूनको दायराबाट भाग्ला, तर सधैं भाग्न सक्दैन।’, उनले भने, ‘सर्वसाधारणको बचत दुरुपयोग गर्नेहरु कानूनको कठघरामा आवश्य आउँछन्। मेहनत गरेर जम्मा गरेको बचत केही व्यक्तिलाई दुरुपयोग गर्न छुट छैन।’

निजी, सार्वजनिक र सहकारी क्षेत्रको सहभागिता बिना देशको आर्थिक र सामाजिक रुपान्तरण सम्भव नभएको अर्थमन्त्री महतको भनाई थियो। स्थानीयले मेहनत गरेर कमाएको बचतले सामाजिक रुपान्तरणमा महत्वपुर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले भने,‘स्थानीयले मेहनत गरेर कमाएको बचत सहकारीमा जम्मा भएको हुन्छ, त्यसले सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। त्यसकारण सहकारीलाई हामीले प्रवद्र्धन, व्यवस्थापन र नियमन गरियो भने नेपालको आर्थिक रुपान्तरणको हतियार बन्छ। नियमनको अभावमा समस्या आए, तर अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था उदाहरण बनेको छ, देशैभरि सहकारी यसरी नै उदाहरण बनेर काम गर्नुपर्ने हुन्छ।’

महतले बजेट निर्माणका बेला सहकारी हेर्ने छुटै नियमक निकाय गठनको कुरा गरेको बताउँदै वित्तीय संस्था, माइक्रो फाइनान्स र बैंकभन्दा बाहिर जान सक्ने हाम्रो अवस्था नभएपछि वैकल्पिक नियमक निकाय गठनको तयारीमा सरकार गइरहेको उल्लेख गरे। 

Skip This
Logo