प्राधिकरणले धमाधम लाइन काटे विकराल रुप लिनेछ, आयोग बनाएर समाधान खोजौंः अध्यक्ष ढकाल

प्राधिकरणले धमाधम लाइन काटे विकराल रुप लिनेछ, आयोग बनाएर समाधान खोजौंः अध्यक्ष ढकाल

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच देखिएको डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानका लागि छिट्टै न्यायिक आयोग गठन गर्न माग गरेका छन् । 

अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)को ४७औं वार्षिक साधारणसभामा सम्बोधन गर्ने क्रममा अध्यक्ष ढकालले उद्योगी र विद्युत प्राधिकरणबीच देखिएको डेडिकेटेड र ट्रंकलाइन विवाद दुई साता बितिसकेको स्मरण गराउँदै न्यायिक आयोग बनाएर समाधानको बाटो खोज्न आग्रह गरेका हुन् । 

‘उद्योगी र विद्युत प्राधिकरणबीच देखिएको डेडिकेटेड र ट्रंकलाइन विवाद दुई साता बितिसकेको छ । उद्योग वाणिज्य महासंघले सुरुमा नै हाम्रो विद्यमान निकायहरु विद्युत प्राधिकरण, विद्युत नियमन आयोग, उर्जा मन्त्रालय वा अन्य कुनै निकायबाट समाधान हुन्छ भने समाधान गरौं भनेर हामीले भनेको हो ।’ उनले भने, ‘यदी सम्भावना छैन भने, यो समस्याको समाधान लामो समयसम्म जाने हो भने, न्यायिक हिसाबको आयोग बनाएर, अहिलेको समस्या के हो त्यसलाई वर्गीकरण गरेर समाधान गरौं ।’ 

अर्थमन्त्रीलाई अगाडि राखेर अध्यक्ष ढकालले भने, ‘आयोगलाई तीन, चार साताको समय दिऔं र समस्या समाधान गरौं । अहिले विद्युत काटिएका उद्योगमा ८५ हजार मजदुर आश्रित छन् भनिन्छ । यो समस्या समाधान गरेन भने यसले विकराल रुप लिनेछ ।’ 

केही महिना पहिले प्राधिकरणले लाइन काटने सूचना निकालेपछि आफूले प्रधानमन्त्री, मन्त्री र प्राकिरणका कार्यकारीलाई धेरै पटक भेटेर रोकेको स्मरण गराएका उनले अहिले व्यवसायीलाई मर्का पर्नेगरी बिल काटिएकोमा असन्तुष्टि जनाए । साथै उनले हामीसँग भएको खनिज पदार्थ वातावरण नबिग्रने गरी निर्यात गर्ने भनेर बजेटमा नै भनिएपनि कार्यान्वयन भने नभएको पनि बताएका छन् । 

Logo