काठमाडौं ।
साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुन आज ७ सयले घटेको हो ।
गत हप्ता आइतबार सुन २ हजार ३ सयले घटेको थियो । सोमबार ८ सयले घटेको थियो । सुन मंगलबार भने ६ सयले बढेको थियो । यस्तै बुधबार १ सयले बढेको सुन विहिबार ८ सयले घटेको थियो । शुक्रबार सुन आज ४ सयले बढेको हो ।
आज सुन प्रतितोला ९१ हजार ८ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय कायम गरिएको छ । चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी ३० रुपैंयाँले घटेर १ हजार २३० रुपैंयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।































प्रतिक्रिया