केही मिडियामा प्रकाशित समाचारप्रति सूर्यज्योति लाइफले भन्यो- ‘हामीप्रति भ्रम फैलाइयाे’

केही मिडियामा प्रकाशित समाचारप्रति सूर्यज्योति लाइफले भन्यो- ‘हामीप्रति भ्रम फैलाइयाे’

केन्द्रबिन्दु
0
Shares

सूर्यज्योति लाइफ इन्स्योरेन्सले शृंखलाबद्ध रूपमा कम्पनीलाई नकारात्मक असर पुर्‍याउनेगरी आफूबिरुद्ध भ्रम फैलाइएको भन्दै आपत्ति जनाएको छ । 

कम्पनीले सोमबार एक विज्ञप्ति जारी गर्दै आफूखुसी अपव्याख्या गर्दै कपोलकल्पित, भ्रामक, अतिरंजित र तथ्यहीन तथा सत्यतथ्य नबुझी, विषयगत ज्ञान नराखी सम्प्रेषण गरिएका समाचारकाे भ्रममा नपर्न  आग्रह गरेको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले सदैव संस्थागत सुशासन, बीमा ऐन र नीति नियमको अवलम्बन गर्दै आएको र नियमनकारी निकाय बीमा प्राधिकरणको प्रत्यक्ष निगरानी र निर्देशनअनुसार आफ्ना सम्पूर्ण कार्य सम्पादन गर्दै आएको साथै नेपाल सरकारका अन्य नियामक निकाय कम्पनी रजिस्ट्रारको कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल स्टक एक्सचेन्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड (सेबोन), सीडीएस एन्ड क्लियरिङ लिमिटेडलगायत सबै सरोकारवाला नियामक निकायहरूको नीति, नियम र निर्देशनहरूको परिधिभित्र रही प्राप्त निर्देशनहरूको पूर्ण परिपालना गर्दै संस्थागत सुशासनलाई प्राथमिकता दिई कार्य गर्दै आएको व्यहोरा जानकारी गराउँदछौँ ।’

विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘तसर्थ केही सिमित मिडियाहरूमा प्रकाशित समाचारहरू तथ्यहीन, आधारहीन र कपोलकल्पित रहेको र गलत आरोप लगाएर लाखौँ बीमित, लाखौँ शेयरधनी र हजारौँ अभिकर्ताहरूको विश्वास जित्न सफल सूर्यज्योति लाइफ इन्स्योरेन्सप्रति भ्रम सिर्जना गर्ने र कम्पनीको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले सुनियोजित तवरले प्रकाशित गरिएको छ । यस्ता आधारहीन समाचारको पछि नलागी पूर्ण रूपमा निर्धक्क भई दृढ विश्वास राखी विगतमा झैँ कम्पनीले जारी गरेको बीमालेख खरिद गर्न र अन्य सेवा सुविधा लिनु हुन सबैलाई हार्दिक आग्रह गर्दछौँ  ।’

Skip This
Skip This
Logo