माउन्टेन इनर्जी नेपालले बढायो लाभांश, बोनस सेयर कति?

माउन्टेन इनर्जी नेपालले बढायो लाभांश, बोनस सेयर कति?

केन्द्रबिन्दु
0
Shares

माउन्टेन इनर्जी नेपालले बढाएर लाभांश घोषणा गरेको छ। आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

आर्थिक वर्ष २०७९–८० बाट प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृति भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ।

कम्पनीले २०७७ कार्तिकमा कर्मचारी, सामूहिक लगानी कोषहरु र तथा सर्वसाधारणंका लागि १९ लाख ६८ हजार २७ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गरेको थियो।

कम्पनीले हाल नुवाकोट जिल्लाको सुन्दरादेवी गाउँपालिकामा पाँच मेगावाटको तादी खोला (थप्रेक) जलविद्युत् आयोजना तथा म्याग्दी जिल्लाको नारच्याङ गाउँपालिकामा ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

Skip This
Skip This
Logo