अर्थमन्त्री महत भारत प्रस्थान

अर्थमन्त्री महत भारत प्रस्थान

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा.प्रकाशशरण महत भारत गएका छन्। उनी आज ११ बजे भिस्तारा एयरको उडानबाट नयाँ दिल्ली गएका हुन्।

दिल्लीबाट उनी गुजरात जानेछन्। यही पुस २५ देखि २७ गतेसम्म गुजरातस्थित गान्धीनगरमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट (भीजीजीएस)मा नेपालको प्रतिनिधित्व गर्दै डा.महत भारत गएका हुन्।

डा.महतका प्रेस सल्लाहकार प्रकाश थापाका अनुसार डा.महतले समिटमा आफ्नो विशेष प्रस्तुति  दिने र भारतीय उद्योगीहरुसँग भेट गर्ने क्रार्यक्रम छ। उनी शुक्रबार विहान काठमाडौँ आइपुग्ने कार्यक्रम छ।

१०औं संस्करणको समिटमा विदेशी लगानीकर्ता र उद्योगीलाई गुजरातमा लगानीका लागि प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ। सन् २००३ देखि प्रत्येक दुई–दुई वर्षमा आयोजना हुँदै आएको समिट यसपटक चार वर्षपछि आयोजना हुन लागेको हो।

यसअघि सन् २०२२ को जनवरी १० देखि १२ सम्म समिट आयोजना हुने तय भएकामा कोभिड १९ महामारीका कारण स्थगित भएको थियो। समिटको पूर्वसन्ध्यामा भारतले नेपाललाई साझेदार देश भन्दै स्वागत गरेको छ। भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणलगत्तै डा.महतको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

Logo