पशुपन्छी औषधि व्यवसायी संघको अध्यक्षमा रितेश रिमाल र आयाततर्फको उपाध्यक्षमा सुना सुवेदी विजयी

पशुपन्छी औषधि व्यवसायी संघको अध्यक्षमा रितेश रिमाल र आयाततर्फको उपाध्यक्षमा सुना सुवेदी विजयी

केन्द्रबिन्दु
0
Shares

नेपाल पशुपन्छी औषधि व्यवसायी संघको अध्यक्षमा रितेश रिमाल विजयी भएका छन्। चितवनको नारायणगढमा बुधबार सम्पन्न निर्वाचनमा आफ्नी प्रतिस्पर्धी धनकुमारी अधिकारी पाण्डेलाई परास्त गर्दै रिमाल संघको अध्यक्षमा विजयी भएका हुन्। 

रिमालले २९९ मत पाउँदा धनाकुमारीले १९५ मत पाएकी हुन्। डेढ दशकदेखि औषधि पशुपन्छी क्षेत्रमा सक्रिय रिमालले आगामी दुई वर्ष संघलाई नेतृत्व प्रदान गर्ने छन्। 

उनीसँग संघको कोषाध्यक्ष, उपाध्यक्ष र कार्यवाहक अध्यक्षको अनुभव छ। आयाततर्फको उपाध्यक्षमा लोकप्रिय मतका साथ सुना सुवेदी बडाल ३०९ मतका साथ विजयी भएकी छिन्। दिनेश कट्टेललाई फराकिलो मतले पछि पार्दै सुनाले जित हासिल गरेकी हुन्। संघको १३औं महाधिवेशनमा सुना कोषाध्यक्षमा विजयी भएकी थिइन्।

थोकतर्फको उपाध्यक्षमा एकनारायण पौडेल विजयी भएका छन्। आफ्ना प्रतिस्पर्धी विकास शर्मा तिमिल्सिना र कविराज भट्टलाई पछि पार्दै उनले जित पक्का गरेका हुन्। उनीहरूको मत क्रमशः २४४,१८५ र ६३ छ।

खुद्रातर्फको उपाध्यक्षमा अबोधराज दबाडीलाई पराजित गर्दै लक्ष्मण घिमिरे दोहोरिएका छन्। घिमिरे २४७ मतका साथ विजयी भएका हुन्। महासचिवमा सादुराम ढकाल (आशिष) ले जित दर्ता गराएका छन्। आफ्ना प्रतिस्पर्धी हुमाकान्त काफ्लेलाई २१२ मतमा रोक्दै ढकाल विजयी भएका हुन्। ढकालको मत २७९ छ।

कोषाध्यक्षमा राजेन्द्र थापा विजयी भए। थापा २९५मत हासिल गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी केपी लम्सालले १९६ मत पाएका थिए।

केही पदमा भने व्यवसायी निर्विरोध विजयी भएका छन्। सचिवमा केशव शर्मा, खुलातर्फको केन्द्रीय सदस्यमा रत्नकुमार बडाल, शंकर सुवेदी, सत्यभामा न्यौपाने बडाल र अर्जुन नेपाल निर्विरोध भएका हुन्। 

प्रदेश सदस्यतर्फ दीपक चन्द्र सेन, कोशी, पूर्णप्रसाद जैसी पाण्डे, कर्णाली, परशुराम गैरे गण्डकी, ईश्वरीप्रसाद आचार्य, बागमती, पुनिराम चौधरी, सुदूरपश्चिम र रोशनकुमार साह, मधेश प्रदेशमा निर्विरोध भएका छन्। महाधिवेशनमा सहभागी हुन देशभरबाट ६०० प्रतिनिधि चितवन पुगेका थिए। मतदानमा भने ४९८ मत मात्र खसेको थियो। नयाँ कार्यसमितिले दुई वर्षसम्म संघलाई नेतृत्व प्रदान गर्नेछ।

संघको १४ औं महाधिवेशन तथा ३३ औं साधारणसभा मंगलबार चितवनको नारायणगढमा सुरु भएको थियो। महाधिवेशनको मंगलबार एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिकी थिइन्।

Skip This
Skip This
Logo