होन्डाले नयाँ इलेक्ट्रिक कार ओ सिरिज सार्वजनिक गरेकाे छ। होन्डाले सीईएस २०२४ मा आफ्नो होन्डा ओ सिरिज सार्वजनिक गरेकाे हाे।
यस परियोजनामा कम्पनीले आफ्नो भविष्यका इलेक्ट्रिक कारको अवधारणा पनि सार्वजनिक गरेको छ। कम्पनीले यसलाई सलुन र स्पेस-हब नाम दिएको छ।
कम्पनीले आफ्नो होन्डा ओ सिरिजको पहिलो इलेक्ट्रिक कार सन् २०२६ मा लन्च हुने जनाएको छ। होन्डाले सन् २०४० सम्ममा विश्वव्यापी रूपमा आफ्ना सबै नयाँ कार इलेक्ट्रिक कारमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ।
जापानको दोस्रो ठूलो कार निर्माता भए पनि होन्डाले युरोप र अमेरिकामा आफ्ना प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्न सकिरहेको छैन। त्यसैले कम्पनीले अब होन्डा ओ सिरिजको साथमा आफ्नो विश्वव्यापी प्रतिद्वन्द्वीहरुसँग प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ।
होन्डाले कम्पनीको नयाँ एच लोगो पनि सार्वजनिक गरेको छ। सो लोगो कम्पनीले नयाँ इलेक्ट्रिक कारमा प्रयोग गर्ने जनाएको छ। होन्डा ओ सिरिज लाइनअपका पहिलो मोडल उत्तर अमेरिकाबाट सुरु भएर जापान, एशिया, युरोप, अफ्रिका, मध्य पूर्व र दक्षिण अमेरिकामा लन्च गर्नेछ।































प्रतिक्रिया