हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दैछ एजीएम ?

हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दैछ एजीएम ?

केन्द्रबिन्दु
0
Shares

हिमालयन एभरेष्ट इन्स्योरेन्सले  लाभांश पारित गर्ने भएको छ।

उक्त लाभांश वितरण गर्न माघ २५ गते वार्षिक साधारण सभा बोलाएको छ। सभामा गत वर्षको नाफाबाट बोनस सेयर ८.६३ प्रतिशत र कर प्रयोजनसहित ६.३७ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने कम्पनीले  जनाएको छ।

साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेकोछ। 

सभा बानेश्वर ब्यांकेट थापागाँउ काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। सभा प्रयोजनका लागि कम्पनीले माघ १४ गते आइतबार बुक क्लोज गर्ने भएको छ। माघ ११ गतेसम्म सेयर किन्ने लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा भाग लिन पाउँनेछन्।

Skip This
Skip This
Logo