नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुली जोड्ने भएको छ ।
शुक्रवार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६०औं बैठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल बक्यौता भएका ग्राहकहरूको विद्युत लाइन जोडिदिने निर्णय गरेको हो ।
यसअघि मन्त्रिपरिषदको बैठकले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता छानबिनका लागि समिति गठन गर्दै उद्योगहरूको काटिएको बिजुली हाललाई जोड्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।
प्राधिकरणले यही पुसको पहिलो सातादेखि उद्योगहरूको लाइन काट्न सुरु गरेको थियो । २०७२ सालदेखिको विवादित महसुलको बक्यौता उठाउने अन्तिम विकल्पका रूपमा प्राधिकरणले उद्योगको लाइन काट्न सुरु गरेको थियो । हालसम्म प्राधिकरणले २३ वटा उद्योगको लाइन काटिसकेको छ । उद्योगको लाइन काटेको १ महिना बितिसक्दा समेत बिजुली जोडिएको थिएन । यसबाट हजारौँको रोजगारी र राज्यले दैनिक रूपमा करोडौं राजश्वको क्षति समेत बेहोर्दै आइरहेको छ ।





























प्रतिक्रिया