याे साता सुन र चाँदीकाे भाउमा गिरावट देखिएकाे छ ।
साता भरमा सुन प्रतिताेला ९०० रूपैयाँले घटेकाे छ भने चाँदी ताेलामा २० रूपैयाँले सस्तिएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तरराष्ट्रिय बजारमा सुनकाे मूल्यमा आएको गिरावटका कारण नेपाली सुन बजारमा पनि त्यसकाे प्रभाव परेकाे हाे ।
यो साता विश्व बजारमा सुनको मुल्यमा कमी आएको छ । अमेरिकी डलरको विनिमय दरमा कमी आउन सक्ने बिश्लेषकहरुको आँकलनका कारण सुनको मुल्यमा कमी आएको अनुमान छ ।
शुक्रबार विश्व बजारमा १० डलरले सुनकाे भाउ बढेर प्रतिअउन्स २ हजार ४० डलर बराबरमा काराेबार भइरहेकाे छ । अमेरिकी डलर कमजाेर हुँदा सन् २०२३ मा सुनकाे भाउमा उच्च रेकर्ड कायम गरेकाे छ । यद्धपी २,००० डलर आसपासमा काराेबार भइरहेकाे सुनकाे भाउ अब भने यस उचाइमा रहिरहने कुरामा विज्ञहरू शंका गरिरहेका छन् ।































प्रतिक्रिया