यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधि मार्फत साधारण शेयर निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त शेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा यति ब्रुअरी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक संजीव सर्राफ र एनआइएमबि एस क्यापिटल लिमिटेडका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअन्तर्गत एनआइएमबि एस क्यापिटल लिमिटेडद्वारा बुक बिल्डिङ्ग विधि मार्फत यति ब्रुअरी लिमिटेडको साधारण शेयरहरु सार्वजनिक निष्काशन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरुमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गरिने जनाइएकाे छ ।
यति ब्रुअरी लिमिटेडको रजिष्टर्ड कार्यालय अटल कम्प्लेक्स उत्तरढोका, लाजिम्पाट, काठमाडौंमा रहेकोे छ र यस यति ब्रुअरीको फ्याक्ट्री खैरहनी नगरपालिका वडा नं. ४ चितवन जिल्लामा अवस्थित छ ।





























प्रतिक्रिया