ललितपुरका यी क्षेत्रमा आज विद्युत् आपूर्ति बन्द हुने

ललितपुरका यी क्षेत्रमा आज विद्युत् आपूर्ति बन्द हुने

केन्द्रबिन्दु
0
Shares

ललितपुर केही भागमा आज विद्युतसेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार शुक्रबार बिहान १० देखि दिउँसो ४ बजेसम्म ललितपुरका चापाागाउँ, पाटनलगायतका क्षेत्रमा सेवा अवरुद्ध हुन लागेको हो।

प्राधिकरण अनुसार चापागाउँ फिडर पाटनवाट हुने सेवा प्रवाह अनुसार चिवहाल गेटदेखि सिमाको चोकसम्म चापागांऊ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने कार्य गर्नुपर्ने भएकाले विद्युत् सेवा बन्द गरिन लागिएको हो।

जसअनुसार गोदावरी नगरपालिकाको वडा नम्बर ११, १२ १३, ५ र ६ लेले, टिकाभैरव, नल्लु चापागाउ, टाखेल, ठेचो, झरुवारासि लगायतका स्थानहरुमा  विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। 

Skip This
Skip This
Logo