काठमाडौं ।
कोरोना भाइरसको नियन्त्रण तथा रोकथामको लागि मुलुक करिव तीन महिनादेखि लकडाउनमा रहेको छ । तर सरकारले लकडाउनलाई दुई दिन अघि केहि खुकुलो बनाएर सपिङ मल बाहेक अन्य सम्पूर्ण पसल खुल्न दिने निर्णय गरेको थियो । तर सरकारले गरेको यो निर्णयलाई अवज्ञा गर्दै व्यवसायीहरुले असार १ गतेदेखि सपिङ मलहरु खुल्ला गर्ने निर्णय गरेका छन् ।
तर सरकारले सपिङ मलहरु तत्काल नखुलाउने निर्णय गरेकाले सपिङ मलका व्यवसायीहरु पनि समस्यामा परेको भन्दै शुक्रबार काठमाडौंका विभिन्न १२ वटा सपिङ मलका व्यवसायी संगठनको संयुक्त बैठकले व्यवसाय खोल्ने निर्णय गरेको एक विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
तर व्यवसायीहरुले सञ्चालन गर्न सरकारको मापदण्ड अनुसार खोल्नु पर्ने बताएका छन् । सपिङ मल खोल्दा अनिवार्य रुपमा मास्क, स्यानिटाइजर लगायत सुरक्षाका साधनहरु प्रयोग गरी उच्च सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्नु पर्ने जनाएका छन् । त्यस्तै, व्यवसायीहरुले लकडाउनले गर्दा घरभाडा, बैंकको ब्याजदर तथा राज्यलाई कर समेत तिर्न नसक्ने अवस्था सिर्जना भएकोले व्यवसाय खोल्नुको विकल्प नरहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।






























प्रतिक्रिया