अब बैंकले दुई सिफ्टमा पूर्ण सेवा दिने

अब बैंकले दुई सिफ्टमा पूर्ण सेवा दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
अब बैंक तथा वित्तीय संस्था २ सिफ्टमा संचालन हुने भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बैंकका कर्मचारीहरुले २ सिफ्ट गरेर काम गर्ने निर्णय गरेको छ । अर्थ, सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले लकडाउन अवधिमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्थाहरु, सार्वजनिक तथा सरकारी कर्मचारीले पूर्ण कालिन समय ग्राहकलाई सेवा दिनुपर्ने बताएका छन् ।

सरकारको निर्णय अनुसार बिहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि ६ बजेसम्मको सिफ्ट मिलाउनु पर्नेछ । बैंक तथा वित्तीय संस्थाहरु अतिआश्यकिय सेवा भएकाले २ सिफ्ट गरेर पूर्णरुपमा सेवा दिने गरी व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाले बताए । यसअघि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले बिहान ११ बजेबाट २ बजेसम्म मात्र सेवा दिँदै आएका थिए ।

Logo