सुनको मूल्यमा आज नयाँ रेकर्ड : एक वर्षमै २७ हजार ३०० रुपैंयाँले बढ्यो, कति पुग्यो आज ?

सुनको मूल्यमा आज नयाँ रेकर्ड : एक वर्षमै २७ हजार ३०० रुपैंयाँले बढ्यो, कति पुग्यो आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन प्रतितोला ८९ हजार ६ सय रुपैंयाँ पुगेको छ । यो मूल्य आज सम्मकै उच्च हो ।

बुधबार ८८ हजार ६ सय रुपैंयाँ कायम भएको सुन आज १ हजारले बढेको हो । त्यस्तै तेजावी सुनको मूल्य आज ८९ हजार १६५ रुपैंयाँ कायम भएको छ ।

चाँदीको मूल्यमा पनि आज वृद्धि भएको छ । चाँदी तोलामा १५ रुपैंयाँ बढेर आज ९५० रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । लकडाउनको ७६ दिन पछि जेठ २५ गते खुलेको सुनचाँदी बजारमा पहिलो दिन मूल्य ८७ हजार ४०० कायम गरिएको थियो ।

सोमबार सुनको मूल्य प्रतितोला ८७ हजार ५०० थियो । यस्तै मंगलबार ८७ हजार ७०० कायम भएको सुन बुधबार ८८ हजार ६०० मा कारोबार भएको हो ।

महासंघका अनुसार गत वर्ष आजका दिन सुन प्रतितोला ६२ हजार ३ सय रुपैंयाँ र चाँदी तोलाको ७१५ रुपैंयाँमा कारोबार भएको थियो । एक वर्षको अवधिमा सुनको मूल्य २७ हजार ३०० रुपैयाँले बढेको छ ।

Skip This
Skip This
Logo