सुनको मूल्य नयाँ रेकर्डमा , कति पुग्यो आज ?

सुनको मूल्य नयाँ रेकर्डमा , कति पुग्यो आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । प्रतितोला २०० रुपैयाँले बढेर मूल्य नयाँ उचाइमा पूगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार ७०० कायम गरिएको छ । यो मूल्य हालसम्म कै उच्च हो ।

सोमबार सुनको मूल्य प्रतितोला ८७ हजार ५०० थियो । यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार २६५ तोकिएको छ भने चाँदी आज प्रतितोला ९३० रुपैयाँमा कारोबार भइरहेको छ ।

लकडाउनको ७६ दिन पछि खुलेको सुनचाँदी बजारमा पहिलो दिन मूल्य ८७ हजार ४०० कायम गरिएको थियो ।

Skip This
Skip This
Logo