ग्लोबल आइएमई बैंकद्वारा फोटो पत्रकार महासंंघलाई २५० थान प्रेस ज्याकेट सहयोग

ग्लोबल आइएमई बैंकद्वारा फोटो पत्रकार महासंंघलाई २५० थान प्रेस ज्याकेट सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल फोटो पत्रकार महासंघलाई ग्लोबल आइएमई बैंकले २ सय ५० थान प्रेस ज्याकेट सहयोग प्रदान गरेको छ ।

उक्त परिमाणको प्रेस ज्याकेट बैंकका नायब महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले आइतबार काठमाडौंमा हस्तान्तरण गरेका हुन् । महासंघका तर्फबाट केन्द्रीय अध्यक्ष ध्रुब आले र केन्द्रीय प्रतिनिधिहरुको टोलीलाई संयुक्त रुपमा उक्त परिमाणको प्रेस ज्याकेट हस्तान्तरण गरिएको हो ।

कोरोना महामारीका कारण जारी लकडाउनमा फोटो खिच्न कार्यक्षेत्रमा जानै पर्ने फोटो पत्रकारको बाध्यात्मक परिस्थितिका कारण प्रेस ज्याकेटको माग बढेपछि महासंघले विभिन्न संघ संस्थाहरुमार्फत सहयोग जुटाउने पहल गरेको हो ।

महासंघले माग भई आएका विभिन्न परिमाणका प्रेस ज्याकेट, मास्क र स्यानिटाईजरहरु प्रदेश र जिल्ला शाखामार्फत कार्यक्षेत्रमा सक्रिय फोटो पत्रकारहरुलाई उपलब्ध गराईरहेको छ ।

Logo