एभरेष्ट इन्स्योरेन्सद्वारा तीन शैक्षिक संस्थाका २ सय ५६ कर्मचारीको कोरोना बीमा

एभरेष्ट इन्स्योरेन्सद्वारा तीन शैक्षिक संस्थाका २ सय ५६ कर्मचारीको कोरोना बीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेशनल कजेल अफ कम्प्युटर स्टडिज् , नेशनल क्रिएटिभ कोएजुकेशनल स्कुल, र एनसीसीएस उच्च माध्यमिक विद्यालयका २५६ जना कर्मचारीको सामूहिक बीमा जारी गरिएको छ।

देशभर कोरोना भाइरसको बढ्दो प्रभाव र त्रासका बीच यी तीन शैक्षिक संस्थाहरूले एभरेष्ट इन्स्योरेन्स कम्पनि लि. मार्फत कर्मचारीको सामूहिक बीमा गराएका हुन् । जेठ १४ गेतबाट लागू हुने गरि गरिएको बीमा सम्बन्धमा एभरेष्ट इन्स्योरेन्स कम्पनीले एक विज्ञप्ती जारी गर्दै यसको जानकारी गराएको हो ।

बीमापछि प्रत्येक कर्मचारीले यदि पिसिआर प्रविधिमार्फत परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएमा रु १ लाखको कोभिड बीमालेख क्षतिपूर्ति प्राप्त गर्ने छन् ।

Skip This
Skip This
Logo