काठमाडौं ।
सरकारले आगामी आर्थिकवर्षको लागि अनुमानित आय व्ययको विवरण बजेट विहिबार सार्वजनिक गरेको छ । हरेक क्षेत्रलाई प्राथमिकतामा राखिएको बजेटमा स्वास्थ्यलाई विशेष जोड दिइएको छ । संस्कृति र पर्यटन क्षेत्रमा बजेटमा के कस्तो कार्यक्रम समेटिएको छ भन्ने जिज्ञाशा लाग्नु स्वाभाविक हो । किनकी अहिलेको कोरोनासंकट सँगै धेरै प्रभावित क्षेत्र भनेको नै पर्यटन क्षेत्र हो । पर्यटन विकासका लागि यस्ता छन् सरकारका आगामी कार्यक्रमहरु :
कोरोना संक्रमण जोखिमका कारण विश्वव्यापी रूपमा आवागमन अवरुद्ध भई पयर्टन क्षेत्रमा परेको नकारात्मक प्रभावलाई मध्यनजर राखी हवाइ सेवा, होटल, ट्राभल, रष्टुरेन्ट, ट्रेकिङ, पवर्तारोहण लगायतका सेवा क्षेत्रको पुनरुत्थान गर्न कर, शुल्क, ब्याज लगायतका सुविधाको व्यवस्था गरिएको छ ।
यस्तै एक प्रदेश एक पयर्टकीय गन्तव्य अवधारणा अनुरुप सबै प्रदेशमा ठूला पयर्टकीय पूर्वाधार विकास गरिनेछ । निजी क्षेत्र समेतको सहभागितामा हिमाली तथा पहाडी क्षेत्रमा पयर्टनका सम्भावना पहिचान गरी पयर्टक आकषर्ण गर्न मौलिक संस्कृतिको विकास र प्रवर्द्धन गर्न पयर्टन पूवार्धारका लागि १ अर्ब २६ करोड बजेट व्यवस्था गरिएको छ ।
कोरोना संक्रमणको जोखिम नियन्त्रण हुनासाथ पयर्टन क्षेत्रलाई शीघ्र पुनर्स्थापित गर्न पर्वतीय, कृषि, ग्रामीण, जलयात्रा, सांस्कृतिक, मनोरञ्जन, खेल, स्वास्थ्य तथा पर्यापयर्टन लगायतका नयाँ पयर्टकीय सेवा विस्तार गर्न आवश्यक पूवार्धार विकास गरिनेछ ।
यसैगरि पयर्टक आगमन, पदयात्रा, हिमाल आरोहण र उद्धारलाई थप व्यविस्थत एवं सुरिक्षत बनाउन नवीन पयर्टक सूचना व्यवस्थापन प्रणाली लागू गरिनेछ । पयर्टन क्षेत्रमा अध्ययन र अनसुन्धान गर्न मानित पयर्टन विश्वविद्यालय स्थापनाको लागि सम्भाव्यता अध्ययन गरिनेछ । माध्यमिक तह भन्दा माथिको पाठ्यक्रममा पयर्टन विषय समावेश गरिनेछ ।
पशुपति, जनकपुर र मुक्तिनाथसहित अन्य मठ, मन्दिर, गुम्बा तथा चुचुरा नदी, ताल र कुण्ड लगायतका धार्मिक तथा पयर्टकीय क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिइनेछ । नेपाल एकीकरणको इतिहाससँग जोडिएका गढी, किल्ला र बाटोको संरक्षण गर्दै देशभरका सांस्कृतिक र ऐतिहासिक क्षेत्रलाई सांस्कृतिक एवं पयर्टकीय गन्तव्यको रूपमा विकास गरिनेछ ।
रारा ताल क्षेत्रको दीर्घकालिन विकासको लागि गुरुयोजना तयार गरी कार्यान्वयन गरिनेछ । पहाडी र हिमाली क्षेत्रका सम्भाव्य पयर्टकीय स्थललाई सुविधायुक्त हिल स्टेसनको रूपमा विकास गर्न पूर्वाधार विस्तार गरी पयर्टन प्रवर्द्धन गरिनेछ । आन्तरिक पयर्टन प्रवर्धन गरी शिथिल पयर्टन क्षेत्रलाई पुर्नजागृत गर्न कोरोनाको जोखिम समाप्त भएसँगै राष्ट्रसेवक कमर्चारी तथा संगठित संस्था र निजी क्षेत्रका कर्मचारीलाई समेत देश दशर्न गर्न प्रोत्साहित गरिनेछ ।
सूरक्षित, नियमित, विश्वसनीय र सुलभ हवाई सेवाका लागि गुणस्तरीय हवाई पूवार्धार निर्माणलाई प्राथमिकता दिइएको छ । अन्तर प्रदेश हवाई सम्पर्क विस्तार गर्न र अन्तराष्ट्रिय हवाई सेवा बढाउन बजेट विनियोजन भएको छ ।
यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउन तथा दोस्रो टमिर्नल भवन लगायतका थप पूवार्धार निमार्ण गर्न, त्रिभुवन विमानस्थलको स्तरोन्नति गर्न तथा अन्तर्राष्ट्रिय टमिर्नल भवनको स्तरोन्नति र पोखरा विमानस्थलको काम सम्पन्न गर्न आवश्यक रकम व्यवस्था गरिएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको हवाई क्षेत्र भित्रको वस्ती स्थानान्तरण गर्न र परिपथ निमार्ण गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रु. १९ अर्ब ४२ करोड विनियोजन गरिएको छ ।
अन्तर प्रदेश हवाई सम्पर्क विस्तार गर्न सुर्खेत र भरतपुर विमानस्थललाई प्रादेशिक विमानस्थलको रूपमा स्तरोन्नति गर्न, विराटनगर र नेपालगञ्जमा नयाँ टमिर्नल भवन निमार्ण शुरु गर्न तथा दाङको नारायणपुर र तेह्रथुमको चुहान डाँडा लगायतका आन्तरिक विमानस्थलको निर्माणकार्य अघि बढाउन आवश्यक रकम विनियोजन गरिएको छ । चन्द्रगढी, धनगढी र जनकपुर लगायतका विमानस्थलको सुधार तथा स्तरोन्नति गर्न र ट्रंक रुटका विमानस्थलको स्तरोन्नति एवं विस्तार गरी रात्रीकालीन उडान संचालनयोग्य बनाउन बजेट व्यवस्थापन गरिएको छ ।
यसैगरि यस मन्त्रालय अन्तर्गत हवाइ क्षेत्रमा राष्ट्रिय आवश्यकताको परिपूर्ति, विश्व्यापी नवप्रवर्तन र प्रविधिको विकासलाई सम्बोधन गर्न र हवाई सुरक्षा सुनिश्चित गर्ने गरी हवाई नीति तर्जुमा गरिनेछ । निजी लगानी प्रवर्द्धन गर्ने गरी गैर सैनिक हवाई उडडयन ऐनमा समसामयिक संशोधन गरिनेछ । नागरिक उडडयन प्राधिकरणको पुर्नसंचरना गरी नियामक र सेवा प्रदायकको छुट्टा छुट्टै संस्थागत व्यवस्था गरिनेछ ।
देशको भाषा, साहित्य, कला र संस्कृतिलाई राष्ट्रिय सम्पतिकारूपमा जर्गेना गरिनेछ । सांस्कृतिक विविधताको सम्मान गर्दै भाषा र संस्कृतिको अध्ययन, अनुसन्धान र विकास गरिनेछ । जीवन्त इतिहासको रूपमा रहेको पुरातात्विक महत्वका ऐतिहासिक धरोहरको संरक्षण, सम्वर्द्धन र विकास गरिनेछ ।
काठमाडौं उपत्यकाको मौलिक संस्कृति तथा सम्पदाको जर्गेना गर्दै पयर्टन प्रवर्द्धन गर्न भक्तपुरबाट थालनी गरिएको रात्रीकालिन सम्पदा यात्रा कार्यक्रमलाई उपत्यकाका अन्य शहरहरुमा पनि विस्तार गरिनेछ ।
राष्ट्रिय संस्कृति संग्रहालय किर्तिपुरको निर्माण कार्य अगाडि बढाइनेछ । उपयुक्त स्थानमा राष्ट्रियस्तरको वृहत शहिद पार्क निमार्ण कार्य शुरु गरिनेछ । विश्व सम्पदा सूचीमा परेका सम्पदाको संरक्षण र सम्वर्द्धन गरिनेछ । वृहत्तर लुम्बिनी क्षेत्रको गुरुयोजना तथा रामग्राम गुरुयोजना कार्यन्वयनमा ल्याइनेछ । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रकृया अगाडि बढाइनेछ । लुम्बिनीमा निर्माणाधिन पाँच हजार क्षमताको ध्यान केन्द्र तथा सभा हलको निमार्ण सम्पन्न गरिनेछ ।
जानकी मन्दीर क्षेत्र र मिथिला संस्कृतिको संरक्षण र विकासको लागि गुरुयोजना तर्जुमा गर्री कार्यान्वयन गरिनेछ । देवघाट, पाथिभरा, रुरु, विराट क्षेत्र, बराह क्षेत्र, खप्तड क्षेत्र, काँक्रे विहार, हलेसी, गौरीशंकर लगायतका धार्मिक क्षेत्रको विकासका लागि आवश्यक रकम व्यवस्था गरिएको छ । रामायण परिपथ निर्माणको कार्य शुरु गर्न तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र जर्गेनाका लागि राष्ट्रिय अभिलेख पुस्तिका तयार गर्न पनि बजेट व्यवस्था गरिएको छ ।































प्रतिक्रिया