आइएफसीले नेपालका साना तथा मध्यम व्यवसाय प्रवर्धनमा सघाउने

आइएफसीले नेपालका साना तथा मध्यम व्यवसाय प्रवर्धनमा सघाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएफसी) ले कोभिड–१९ बाट शिथिल नेपाली नीजि क्षेत्रलाई गतिशील बनाउन आवश्यक भूमिका खेल्ने जनाएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजित कार्यक्रममा बोल्दै आइएफसीकी नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री म्यानेजर वेण्डी वर्नरले सो कुरा बताएकी हुन् ।
कोभिडको कठिन परिस्थितिमा नेपालका नीजि क्षेत्रको भूमिका र आइएफसीका आगामी कार्यक्रम शीर्षकमा बोल्दै यस्तो अवस्थामा नीजि क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने वर्नरले बताइन् ।

कोभिडको शुरुआतबाट नै नेपालका पर्यटन लगायतका सेवा क्षेत्र धराशायी भएको बताउँदै यसको असर भविष्यमा पनि केही समय रही रहने उनको भनाइ छ । आइएफसीले अन्तर्राष्ट्रिय स्तरमा नीजि क्षेत्रको पार्टनरको रुपमा काम गर्दै आएको छ । उनले नेपालमा नीजि क्षेत्रको इक्विटि लगानीकर्ताका रुपमा मात्र नभइ आइएफसीले बृहत्तर रुपमा सहयोगीको भूमिका खेल्ने जनाएकी छिन् । आइएफसीले विश्वव्यापी रुपमा कोभिडबाट आर्थिक क्षतिस“ग जुध्न कूल ४८ मिलियन अमेरिकी डलरको प्याकेज अघि सारेको छ । यसबाट ३ सय संघ संस्थालाई प्रत्यक्ष रुपमा सहयोग उपलब्ध गराइरहेको छ ।
नेपालमा नीजि क्षेत्रबाट सञ्चालित बैंक र लघुवित्त कम्पनीहरुलाई आइएफसीले सहयोग गर्दै आइरहेको छ । यस वर्ष लगायत साना तथा मध्यम व्यवसायलाई पनि सहयोग उपलब्ध गराइने वर्नरले जनाएकी छिन् । कोभिडबाट थलिएको अर्थतन्त्रमा यस्ता व्यवसायले रोजगारी सृजनामा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

यस वर्षको अन्तिमसम्म आइएफसीको नेपालमा लगानी ०.५ अर्ब अमेरिकी डलरको लगानी पुग्ने पनि वर्नरले बताइन् । सन् २०२३ सम्ममा आइएफसीले नेपालका नीजि क्षेत्रमा १.२ अर्ब लगानीको लक्ष्य राखेको जनाइएको छ ।

Logo