‘सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ’ : मन्त्री अर्याल

‘सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ’ : मन्त्री अर्याल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताएकी छिन् ।

मंगलबार नेपाल चेम्बर अफ कर्मशको आयोजनामा भएको नेपालमा व्यवसायिक कृषि विकासका सम्भावना र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले अघिल्ला सरकारको पालामा कृषि क्षेत्रलाई प्राथमिकतामा नराखिएको भएपनि यस सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताएकी हुन् । सरकारले कृषिको व्यवसायिकरण, औद्योगिकरण, यान्त्रिकरण र बजारीकरणलाई व्यवस्थित गर्नको निम्ति आवश्यक कानून निर्माण गरेको उनको भनाइ छ ।

सरकारले नीति निर्माणको साथसाथै कार्यक्रम पनि अघि सारेको उनले बताइन् । किसानलाई उत्साहित बनाउन विभिन्न नामका कृषिको परियोजना अघि सारेको तथा पशु क्षेत्रमा लागेका किसानहरुलाई उत्साहित बनाउन कृषि फर्महरुको सुरुवात भएको उनको भनाइ छ । मन्त्री अर्यालले कृषिको व्यवसायिकताको निम्ति जग्गामा हदबन्दी नलगाउने कानून आफू भूमि मन्त्रालयमा हुँदा नै बनाएको पनि जानकारी दिइन् । उनले सरकारले मात्रै मुलुकको विकास गर्न सम्भव नभएको भन्दै कृषि क्षेत्रमा नीजि क्षेत्रसँग पनि सहकार्य गरिने बताइन् ।

मन्त्री अर्यालले परम्परावादी र निर्वाहमुखी उत्पादन गरेर मात्रै नहुने भन्दै व्यवसायिक उत्पादनका निम्ति कहाँको जमिनमा के उत्पादन हुन्छ कम्युटरबाटै पत्ता लगाउन सक्ने सफ्टवेयर विकास गरेर फागुनको पहिलो हप्ता उदघाटन हुने पनि बताइन्।

Skip This
Skip This
Logo