सरकारले आगामी वर्षदेखि चीनका ७ बन्दरगाह प्रयोग गर्ने

सरकारले आगामी वर्षदेखि चीनका ७ बन्दरगाह प्रयोग गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सरकारले आगामी वर्षदेखि चीनसँग जोडिएका तथा सम्झौता भएका ७ वटा बन्दरगाह प्रयोग गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यी बन्दरगाहको प्रयोगमार्फत वैदेशिक ब्यापार बढाउने बताइन् ।

नेपालका लागि चीनका चार वटा सामुन्द्रीक र तीन वटा स्थल बन्दरगाह उपलब्ध भएको छ । सरकारले कैलालीको हरैयामा व्यापार विशेषक्षेत्र र कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा सुख्खा बन्दरगाह बनाउने घोषणा गरेको छ ।

त्यस्तै, सरकारले रसुवा टिमुरेको बन्दरगाह आगामी आर्थिक वर्षमा र काठमाडौंको चोभारमा बनिरहेको बन्दरगाह दुई वर्षभित्र सञ्चालन गर्ने तथा हुम्लाको यारी, मुस्ताङको कोरला, संखुवासभाको किमाथांका, ताप्लेजुङको ओलाङ्चुङगोलामा वैदेशिक व्यापारको सम्भाब्यता अध्ययन गरी पूर्वाधार निर्माण गर्ने घोषणा पनि गरेको छ।

Skip This
Skip This
Logo