नीति तथा कार्यक्रम : किसानलाई नाफा ग्यारेन्टीदेखि कृषिमा दोब्बर लगानीसम्म

नीति तथा कार्यक्रम : किसानलाई नाफा ग्यारेन्टीदेखि कृषिमा दोब्बर लगानीसम्म

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सरकारले किसानलाई नाफा ग्यारेन्टी गर्ने घोषणा गरेको छ । बाली लगाउनु अघि नै सरकारले समर्थन मूल्य तोकिदिने र निजी क्षेत्रले खरिद नगरे सरकारले नै खरिद गरिदिने घोषणा गरेको हो ।

संसदमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा सरकारले प्रमुख खाद्यान्न बालीहरुको समर्थन मूल्य तोकेर किसानलाई नाफा ग्यारेन्टी गर्ने र निजी क्षेत्रले खरिद नगरे सरकारले नै खरिद गर्ने घोषणा गरेको छ।

त्यस्तै, सरकारले कृषि उत्पादनको मूल्य श्रृंखलामा प्रविधिको भरपुर उपयोग गर्ने नीति पनि अख्तियार गरेको छ । कोरोना भाइरस नियन्त्रणपछि वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई विशेष अनुदानको व्यवस्था गरेर कृषि पेशामा लाग्न प्रोत्साहन गरिने भएको छ ।

आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिका लागि आवश्यक पूर्वाधार पनि सरकारले निर्माण गरि स्थानीय तहको समन्य गर्ने भएको बताएकी छिन् ।

सरकारले कृषि उत्पादनलाई १० वर्षमा दोब्बर बनाउन कृषि पूर्वाधारमा ठूलो लगानी गर्ने भएको छ । राष्ट्रपतिले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारका योजना प्रस्तुत गरेकी हुन् ।

किसानले आफ्नो उत्पादनको लागत नपाएको ब्यापक गुनासो बढेपछि सरकारले बाली लगाउनु पूर्व त्यसको समर्थन मूल्य तोकिने बताएको छ ।

Logo