बैंकमा कोरोना कहर : खराब कर्जा बढ्यो, चौथो त्रैमासमा अझै बढ्ने

बैंकमा कोरोना कहर : खराब कर्जा बढ्यो, चौथो त्रैमासमा अझै बढ्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
विश्वप्यापी रुपमा फैलिएको कोरोना भाइरसको असर नेपाली बैंकमा पनि पनि परेको छ ।

नेपाल राष्ट्र बैंकको अध्ययनले पनि कोरोना भाइरसको संक्रमणले वित्तीय क्षेत्रमा असर नपर्ने उल्लेख गरेपनि बैंकमा कोरोनाको असर देखिन थालेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा खराब कर्जा बढेको देखिएको छ । तेस्रो त्रैमासमा केही मात्रामा देखिएकोे खराब कर्जाको समस्या चौथो त्रैमासमा उच्च रुपले बढ्ने बैंकर्स संघले अनुमान गरेको छ । संघका अध्यक्ष अध्यक्ष भुवन दाहालले अहिले पनि केही मात्रामा कोरोनाले असर गरेको भन्दै चौथो त्रैमासमा त्यसको असर उच्च रुपले बढ्ने बताएका छन् । ‘अहिले केही मात्रामा देखिएको छ , चौथो त्रैमासमा खराब कर्जा अझै बढ्न सक्छ ।’ अध्यक्ष दाहालले भने ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एनएमवि बैंक, सिदार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, सेन्चुरी, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायत बैंकहरको खराब कर्जा बढेको छ । त्यसैगरी नबिल बैंक, हिमालय बैंक, मेगा बैंक, कुमारी बैंक, प्राइम बैंक र सनराइज लगायतका बैंकको खराब कर्जा घटेको देखिएको छ । यसपाली बैंकहरुको नाफा पनि घटेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा झण्डै १ प्रतिशतले नाफा घटाएका हुन् । यस अवधीमा २७ वाणिज्य बैंकले ४५ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएका छन् । गतवर्षको तेस्रो त्रैमासमा बैकहरुको नाफा ४५ अर्ब ६६ करोड रुपैयाँ थियो । त्यो नाफा १५ प्रतिशतको वृद्धि हो ।

लकडाउन भएपनि अन्य क्षेत्रको तुलनामा कम क्षति भोगेको बैंकिङ क्षेत्रले नाफामा क्षति बेहोरेको छ । नेपाल राष्ट्र बैंकको अध्ययनले पनि कोरोनाले वित्तीय क्षेत्रमा खासै ठुलो असर नपर्ने बताएको थियो । तर बैंकले नाफामा क्षति बेहोर्नु पर्यो । बैंकको नाफा घट्दा सम्पत्तिमाथिको प्रतिफल (आरओई) मा पनि असर परेको छ । बैंकहरुको नाफा अर्बौंमा देखिए पनि उनीहरुले आफूले कति लगानी गरेर कति नाफा कमाए भनेर हेर्ने सूचक नै आरओई हो ।

तेस्रो त्रैमासमा वित्तीय ५ वटा वाणिज्य बैकको आरओइ बढेको छ भने २२ वटा बैंकको आरओइ घटेको देखिएको छ । जसमा सबैभन्दा बढी सनराइज बैंकको ४.९१ प्रतिशतले र सबैभन्दा थोरै स्ट्याण्डर्ड चार्डर्ट बैंकको १९ प्रतिशतले आरओइ घटेको वित्तीय विवरणमा उल्लेख छ । त्यसैगरी, एसबीआई, हिमालयन, मेगा, सिटिजन्स र सेन्चुरी बैंकको आरओई बढेको छ । त्यसैगरी, वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ६० प्रतिशतको हाराहारीमा घटेको देखिएको छ ।

Logo