काठमाडौं ।
कोरोना भाइरस (कोभिड १९) ले नेपालको पर्यटन क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। यसको प्रभावले यति बेला सबैभन्दा बढि पर्यटन क्षेत्र सङकटमा परेको छ। यसको संक्रमण बढेसँगै लगाइएको लकडाउनले २ खर्ब भन्दा बढि आर्थिक क्षति तथा २० लाख मानिसले रोजगारी गुमाउने खतरा रहेको छ।
त्यसैले पर्यटन क्षेत्रलाई जोगाई राख्नको लागि पर्यटन व्यवसायी, पर्यटन क्षेत्रका विभिन्न संघसंगठनहरुले सरकारसँग पर्यटन क्षेत्रको लागि उचित राहत प्याकेज ल्याउन सुझाव दिइरहेका छन् ।
यसै क्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पनि सरकारलाई पर्यटन क्षेत्रको साख जोगाउनको लागि ११ बुँदे सुझाव पेश गरेको छ । कोरोना भाइरसको संक्रमणपछि पर्यटन क्षेत्रमा आएको ह्रासका कारण खर्बौं रुपैयाँ गुम्ने सम्भावना रहेको भन्दै टानले उक्त सुझाव पेश गरेको छ ।
त्यसैले पर्यटन क्षेत्रमा आश्रित लाखौं मजदूरको रोजगारी जोखिममा रहेको भन्दै सरकारले राहतको ब्यवस्था गर्न तथा ब्यवसायी र मजदूरहरुको हितमा हुने गरि राहत प्याकेजको ब्यवस्था गर्न सरकारलाई उक्त ११ बुँदे सुझाव पेश गरेको टानका अध्यक्ष खुमबहादुर सुवेदीले जानकारी दिएका छन् ।
































प्रतिक्रिया