सरकारले अघि सारेका सिद्धान्तका कारण मुलुकको अर्थतन्त्र धरासायी बन्ने कांग्रेस सांसद कार्कीको आरोप

सरकारले अघि सारेका सिद्धान्तका कारण मुलुकको अर्थतन्त्र धरासायी बन्ने कांग्रेस सांसद कार्कीको आरोप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले कोरोनालाई नजरअन्दाज गर्दै नीति र सिद्धान्त ल्याएको बताएका छन् ।

पूर्वअर्थमन्त्री समेत रहेका कार्कीले मानव जीवनको रक्षा गर्दै सिद्धान्तहरु आउनु पर्ने भएपनि कोरोनालाई नजरअन्दाज गरेर परम्परागत ढंगबाट सिद्धान्त र प्राथमिकताहरु आएको बताए । नेपाली जनताको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रमा लगानी गर्दै नेपाली अर्थतन्त्र चलायमान बनाउने अवस्थामा सरकारले त्यसो गर्न नसकेको उनले बताए ।

सरकारले अघि सारेका सिद्धान्त र प्राथमिकताका कारण मुलुकको अर्थतन्त्र धरासायी बन्ने र नेपालीको जीवन कष्टकर हुन सक्ने चेतावनी उनले दिए । आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा आफ्नो धारणा राख्दै उनले फागुनसम्म विकास खर्च २५ प्रतिशत मात्रै हुनु अहिलेको सरकारको ठूलो असफलता भएको बताए । सरकारको खर्चमा शिथिलता, नीजि क्षेत्रप्रतिको अविश्वास र बढ्दो भ्रष्टाचारका कारण नेपाली अर्थतन्त्र शिथिल हुँदै गएको उनले बताए ।

निर्वाचनको समयमा स्थिर सरकार र सुखी नेपाली समृद्ध नेपालको नारा दिएपनि तेस्रो बजेट ल्याउने तयारी हुँदासमेत राष्ट्रिय गौरबका योजनाहरुको प्रगति शून्यप्राय रहेको उनले बताए ।

Logo