सनराइज बैंकद्वारा बनेपा र ठिमी अस्पताललाई पिपिई वितरण

सनराइज बैंकद्वारा बनेपा र ठिमी अस्पताललाई पिपिई वितरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कोरोना भाइरस महामारीको उपचारमा संलग्न चिकित्सकहरुका लागि सनराइज बैंकले विभिन्न अस्पतालहरुमा पिपिई उपलब्ध गराएको छ ।

पहिलो पंक्तिमा रहेर कोरोना नियन्त्रणका लागि उपचारमा संलग्न हुनुपर्ने चिकित्सकको सुरक्षाका लागि बुधबार बनेपा र ठिमी अस्पताललाई बैंकले पिपिई उपलब्ध गराएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले दुबै अस्पताललाई १२-१२ थान पिपिई उपलब्ध गराइएको बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आफ्नो प्रमुख जिम्मेवारी ठानेर पिपिई उपलब्ध गराइरहेको उनले बताए ।

पिपिई बुझेपछि शिर मेमोरियल अस्पताल काभ्रेका डा.शिवजी विक्रम सिलवालले अहिलेको समयमा पहिलो पंक्तिमा बसेर उपचारमा खटिने चिकित्सकहरुका लागि पिपिई महत्वपूर्ण भएको बताए । अस्पतालको कार्डियोलोजि विभागका निर्देशक समेत रहेका डा.सिलवालले चिकित्सक सुरक्षित नभएसम्म कोरोनाको उपचार पनि सुरक्षित नहुने भएकाले पिपिई बिना उपचार सम्भव नभएको बताए । महामारीको समयमा बैंकले पिपिई उपलब्ध गराएकोमा उनले बैंकलाई धन्यवाद समेत दिए ।

कोरोनासँग डराएर नभइ डटेर लड्नु पर्ने अहिलेको समयमा सम्पूर्ण सुरक्षाका विधि अपनाएर सरकारी नीति पालना गर्न बैंकले सबैलाई आग्रह गरेको छ । अहिलेको समयमा बैंकिङ कारोबारलाई डिजिटल माध्यमलाई बढी प्राथमिकता दिन बैंकले आग्रह गरेको छ ।

Logo