शेयर बजार खोल्ने बोर्डको तयारी

शेयर बजार खोल्ने बोर्डको तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले शेयर बजार खोल्ने तयारी गरेको छ । सरकारले लकडाउन खुकुलो बनाउने घोषणा गरेसँगै बोर्डले शेयर बजार खोल्ने तयारी गरेको हो । ‘लकडाउन खुकुलो भयो भने शेयर बजार पनि खोल्ने तयारी गरेका छौँ ।’–बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले भने ।

तर फुल फेजमा भने शेयर बजार नखुल्ने उनको भनाइ छ । सरकारले गत चैत्र ११ गतेबाट मुलुकैभरी लकडाउन गरेको थियो । लकडाउन भएयता शेयर बजार पनि बन्द गरिएको छ । लकडाउन खुकुलो भएमा शेयर बजार खोल्ने सम्बन्धी सरोकारवालाहरु बीच अहिले छलफल भइरहेको छ । बोर्डले अनलाइनको माध्यमबाट कारोवार गर्ने गरी शेयर बजार खोल्ने तयारी गरेको हो ।

अहिलेको अवस्थामा कसरी बजार खोल्न सकिन्छ भन्ने विषयमा बोर्डका पदाधिकारी कार्यालय आएर छलफल गरिरहेको अध्यक्ष ढुंगानाले जानकारी दिए । हाललाई कति समय चलाउने भन्ने विषय टुंगो लागि सकेको छैन । त्यस विषयमा पनि छलफल चलिरहेको बोर्डले जनाएको छ ।

नेप्सेले लकडाउनको सुरुआती दिनमा एक दिन बजार खोले पनि लगानीकर्ताको चर्को विरोधपछि १२ गतेबाट पूर्ण रुपमा बन्द गरेको थियो । अहिले शेयर बजार पूर्ण रुपमा बन्द भएको एक महिना पूरा भइसकेको छ ।

Logo