काठमाडौं ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण तथा रोकथामको लागि चैत ११ गते देखि देश लकडाउन भए यता नेपाल एयरलाइन्सले दोस्रोपटक स्वदेशी तथा विदेशी पाइलटले पाउँदै आएको तलब कटौती गरेको छ ।
लकडाउन शुरु भए लगत्तै एयरलाइन्सले करारमा नियुक्त विदेशी पाइलटलाई २ साता, नेपाली पाइलटलाई १० दिन र करारमा कार्यरत १६६ जना एयर होस्टेजलाई समेत १० दिन बेतलवी बिदा दिएको थियो ।
लकडाउनका कारण बैशाख १८ गतेसम्म अन्तराष्ट्रिय उडान–अवतरण बन्द रहेको छ। बन्द रहेको तथा तत्काल नखुल्ने भएकाले कम्पनीले तलव कटौति गर्ने दोस्रो निर्णय गरेको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले बताइन् । उनका अनुसार आइतबार समितिले तलब कटौती सम्बन्धी नयाँ निर्णय भएको छ । उनले भनिन् , नयाँ निर्णय विदेशी पाइलटको हकमा ५० प्रतिशत र नेपाली पाइलटको ३३ प्रतिशत तलब कटौती हुने भएको छ ।
पछिल्लो समय कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएकाले अहिले नै लकडाउन खुल्ने सम्भावना नभएपछि हामीले बढी तलब बुझ्ने कर्मचारीको तलबलाई तत्काल कतौती गर्ने निर्णय गरेको र तलब कटौती तीन महिनासम्मको लागि मात्रै लागू हुने उनको भनाइ छ।
नेपाल एयरलाइन्समा कूल १५ जना विदेशी पाइलट छन् । जसमध्ये २ जना एयरबस ३२० न्यारोबडी उडाउने पाइलट हुन् । १३ जनाले भने वाइडबडी ए ३३० जहाज उडाउँदै आएका छन् ।





























प्रतिक्रिया