साना ऋणीलाई ब्याजदरमा सहुलियत दिंदै बैंकहरु

साना ऋणीलाई ब्याजदरमा सहुलियत दिंदै बैंकहरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको संगठनले साना ऋणीलाई ब्याजदरमा १० प्रतिशत छुटदेखि १ प्रतिशतसम्म ब्याज कम गर्ने भएको छ ।

बाणिज्य बैंकहरुले साना तथा मझौला उद्यम व्यवसाय (एसएमई) हरुलाई दिइएको १ करोड रुपैयाँसम्मको ऋणमा १ प्रतिशत व्याज घटाउने भएको हो । त्यस्तै, विकास बैंकहरुले ४० लाख रुपैयाँसम्मको तथा फाइनान्स कम्पनीहरुले २० लाख रुपैयाँसम्मको एसएमई कर्जामा १ प्रतिशत व्याज घटाउन लागिएको छ । ‘बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा सुविधा उपयोग गरेका नियमित ग्राहकहरुले वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको बक्यौता सावाँ तथा ब्याज भुक्तानी गरेमा बुझाएको साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरिनेछ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालुपूँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुलगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुनेछ ।’ परिसंघद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट क्षति बेहोरेका साना तथा मझौला उद्यमीलाई यस्तो छुट दिन लागिएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले जनाएको छ । कोरोनाको संक्रमणका कारण विश्वको आर्थिक अवस्था हरेक दिन शिथिल बन्दै गइरहेको छ । जसको मारबाट पार पाउन अहिले विश्वका सरकार तथा केन्द्रीय बैंक लगायत बैंक तथा वित्तीय संस्थाहरुले राहत तथा सहुलियतको घोषणा गरिरहेका छन् । यस्तो सन्दर्भमा बैंक संचालकहरुको संगठनले साना ऋणीहरुलाई सहुलियत दिने घोषणा गरेको हो ।

Logo