अब ‘सेल पे’ बाट भुक्तानी गर्दा १० थान मास्क र एउटा साबुन फ्रि पाइने

अब ‘सेल पे’ बाट भुक्तानी गर्दा १० थान मास्क र एउटा साबुन फ्रि पाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सेलकम प्रालिको सेल पे सेवाले ई कमर्स प्लेटफार्म पेलेस एपसँग सहकार्य गरेको छ । जस अन्तर्गत पेलेस एपको कुपन सेक्सनको खल्ती फुडबाट सामान खरिद गरी सेलपेबाट भुक्तानी गरे ग्राहकले १० थान मास्क र एउटा साबुन निःशुल्क पाउने कम्पनीले जनाएको छ ।

विश्वभरी फैलिदै गरेको कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारबाट आम सर्वसाधारणलाई सामाजिक दूरी कायम गर्न र अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर ननिस्कन निर्देशन जारी गरिएको हुँदा, यस समयमा ग्राहकहरुको सुरक्षा र अत्यावश्यक आवश्यकताहरुलाई ध्यानमा राखी पेलेस एपले अत्यावश्यक सामग्री ग्राहकको घरमै पुर्याउन अनुमति पाएको छ । यसबाट ग्राहकले कोरोनाको संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्न थप मद्दत पुग्ने जनाइएको छ ।

यसका साथै भुक्तानी गर्दा नगद कारोबारबाट पनि कोरोना भाइरसको खतरा भएको हुँदा, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न सेलपेको मोबाइल वा वेब एप्लिकेसनबाट सहज र सुरक्षित माध्यमबाट अग्रिम भुक्तानी गर्न सकिने जनाइएको छ । कम्पनिले एक विज्ञप्ती मार्फत यस सम्बन्धि जानकारी दिएको हो ।

Skip This
Skip This
Logo