काठमाडौं ।
नेपालकै ठूलो पाँचतारे होटल हायात कोरोना भाइरस संक्रमणको जोखिमका कारण असार १५ गतेसम्म बन्द हुने भएको छ।
आज सूचना जारी गर्दै सरकारले लकडाउन घोषणा गरेको र संक्रमणको जोखिम न्यून नभएकाले व्यवस्थापनले होटल सञ्चालन गर्न सम्भव नहुने जानकारी दिएको हो।
होटल बन्द भए पनि व्यवस्थापनले बन्द भएको अवधिमा श्रमिक तथा मजदूरलाई आधा मात्र तलब दिने पनि सूचना मार्फत जानकारी दिएको छ। होटल बन्द भएको अवस्थामा श्रम ऐन अनुसार पहिलेकै मापदण्ड अनुसार तलब दिइने होटलले बताएको छ।
तर सरकारले यस अगाडि नै निजि क्षेत्रबाट सञ्चालित उद्योगहरुमा काम गर्ने कर्मचारी तथा श्रमिकलाई पुरै तलब दिन आग्रह गरेको छ।





























प्रतिक्रिया