‘लकडाउनको समय बैशाखपछि बढाउन हुन्न’-नाडा अध्यक्ष दुलाल

‘लकडाउनको समय बैशाखपछि बढाउन हुन्न’-नाडा अध्यक्ष दुलाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल अटोमोबाइल्स एसोशिएसन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालले लकडाउनको समय अब बढाउन नहुने बताएका छन् ।

लामो समयसम्म मलुक लकडाउनमा गएपछि खाद्यान्न संकटदेखि अन्य विभिन्न समस्या आउने भन्दै अध्यक्ष दुलालले लकडाउनको अन्त्य गर्नु पर्ने बताएका हुन् । ‘अब वैशाखपछि लकडाउनको अन्त्य गर्नुपर्छ ।’ अध्यक्ष दुलालले भने ।

लकडाउनको अन्त्य गरेर सुरक्षित हुने उपाय अपनाउनु पर्ने उनको भनाइ छ । ‘हामी लकडाउनमा छौं अझै १५ दिन पनि लकडाउनमा बस्छौं, ठीक छ, यो अति राम्रो र सही निर्णय हो । अझै समय र अवस्था हेरेर बैशाख अन्तिमसम्म ठीकै होला ।’ उनले भनेका छन् । बैशाखपछि बिस्तारै सेवा र उद्योग खोल्नु पर्ने तथा सुरक्षा अपनाएर काममा लाग्नु पर्नेमा उनले जोड दिएका छन् ।

लामो समय लकडाउन हुने काम गर्न पाउने अवस्था नहुने र त्यसको असर आम सर्व साधारणमा पर्ने हुँदा भोकभोकै मर्नुपर्ने अवस्था आउन सक्ने भन्दै अध्यक्ष दुलालले वैशाखपछि लकडाउनको अन्त्य गरी उद्योग व्यवसाय सूचारु गर्न सरकारसँग माग गरेका छन् ।

Logo