‘आइएमई पे’ ले नयाँ वर्षमा फेसबुकमार्फत साँगीतिक कार्यक्रम गर्ने

‘आइएमई पे’ ले नयाँ वर्षमा फेसबुकमार्फत साँगीतिक कार्यक्रम गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आइएमई ग्रुपद्वारा प्रवर्धित ‘आइएमई पे’ ले नयाँ वर्ष २०७७ का अवसरमा सामाजिक सन्देशसहितको साँगीतिक कार्यक्रम आयोजना गर्न लागेको छ ।

कार्यक्रम ०७६ सालको अन्तिम दिन अर्थात चैत ३० गते (आज) साँझ छ बजेदेखि नौ बजेसम्म कम्पनीको आधिकारिक फेसबुक पेज र यूट्युव च्यानल मार्फत प्रत्यक्ष प्रसारण हुनेछ ।

यसपटकको नयाँ वर्ष लामो समयदेखि कायम लकडाउनको अवधिमा परेको छ । नयाँ वर्ष मनाउन बाहिर जान नपाउने अवस्थालाई ध्यान दिँदै आम सेवाग्राहीहरुको मनोरञ्जनका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो । प्रत्यक्ष प्रसारणमा कलाकारहरू शिरीष दली र बर्तिका एअम राईले , घरमै सुरक्षित बसौँ’ भन्ने सामाजिक सन्देशसहितको सांगितिक कार्यक्रममार्फत नयाँ बर्ष ०७७ लाई स्वागत गर्नेछन् भने मिस नेपाल २०१७ निकिता चन्दकले केहि दर्शकहरुसँग वार्तालाप गरी सामाजिक सन्देशको प्रवर्धन गर्नेछिन् ।

कार्यक्रम माथि उल्लेखित मिति र समयमा http://www.facebook.com/imepay/ र आइएमईको यूट्युव च्यानलमा निःशुल्क उपलब्ध हुनेछ भने कार्यक्रम केटीएम लाइभले व्यवस्थापन गर्ने बताइएको छ ।

Logo