काठमाडौं ।
एनसेलका प्रिपेड ग्राहकले अब आफुसँग मेन ब्यालेन्स नभएपनि डेटा र एसएमएस सेवाको फाइदा लिन सक्नेछन् । नयाँ वर्ष २०७७ को अवसरमा एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकलार्ई सम्पर्कमा रहिरहन थप मद्दत पुर्याउँदै शनिबार (चैत्र २९) बाट नयाँ योजना ल्याएको छ । जस अन्तर्गत ग्राहकले अब डेटा र एसएमएस सेवा सहितको प्याक वा एसएमएस प्याक पछि शुल्क तिर्ने गरी खरिद गर्न सक्छन् ।
विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले विश्व नै त्रसित भईरहेको विपद्को परिस्थिती र लकडाउनले गर्दा ग्राहकहरुले सहज रुपमा आफ्ना परिवारका सदस्यहरु र साथीभाइहरुसँग सम्पर्कमा रहन तथा नव वर्षको शुभकामना आदान प्रदान गर्न आफ्नो व्यालेन्स रिचार्जमा कठिनाई भोगि रहेका हुन सक्छन् । त्यसैले एनसेलले सजिलै डेटा र एसएमएस सेवामा पहुँच सुनिश्चित गर्न यो नयाँ योजना ‘न्यु इयर अफर’ ल्याएको हो ।
डेटा र एसएमएस सेवा प्याकका रुपमा लिई तोकिएको शुल्क पछि तिर्न मिल्ने यो पहिलो यस किसिमको अफर हो । यस अफर अन्तर्गत एनसेलका ग्राहकले २५० एमबी डेटा र २५० एसएमएस प्याक कर सहितमात्र रु. २० मा सुचारु गर्न सक्छन् । ग्राहकले आफुसँग शुन्य ब्यालेन्स रहेको अवस्थामा पनि यो प्याक लोनमा सुचारु गरी डेटा र एसएमएस सेवाको फाइदा लिन सक्छन् । यो प्याक अन्तर्गत पाइने डेटा र एसएमएस भोलुम सुचारु भएको दिन देखि ५ दिनको लागि मान्य रहन्छ ।
आफ्नो आवश्यकता अनुसार ग्राकहहरुले एसएमएस सेवा मात्र पनि प्याक रुपमा लिन सक्छन् । ग्राहकले लोनमा नै २५० वटा एसएमएस रहेको प्याक कर सहित मात्र रु १० सुचारु गर्न सक्छन् । सुचारु गरिएको एसएमएस प्याक ५ दिनको लागिमान्य रहनेछ ।
ग्राहकले एस्ट्रिक्स ९९८८ एस्ट्रिक्स ७७ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसार डेटा र एसएमएस बन्डल प्याक वा एसएमएस प्याक लोनमा सुचारु गर्न सक्छन् ।
विगत दुई महिनादेखि एनसेलको सिम प्रयोग गरिरहेका र मेन ब्यालेन्स रु ५ भन्दा कम भएका एनसेलका प्रिपेड ग्राहकले मात्र यीे प्याकहरु सुचारु गर्न सक्छन् । ग्राहकले आफ्नो मेन ब्यालेन्स रिचार्ज गरे पछि प्याकको तोकिएको शुल्क स्वतः काटिने छ । यस बाहेक अन्य शुल्क लाग्ने छैन ।
ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि समयमा जति पटक पनि यो सेवा लिन सक्छन् । यद्यपि सेवा सुचारु गर्नु भन्दा पहिला पुरानो लोनको रकम चुक्ता गरेको हुनु पर्दछ ।
कोरोना भाइरस रोगका कारण सामाजिक दुरी कायम गर्दै सबै आ–आफ्नो घरमा बसिरहेको अवस्थामा, यस अफरले ग्राहकलाई आफ्ना परिवारका सदस्यहरु र साथीभाइसँग सम्पर्कमा रहिरहन थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।





























प्रतिक्रिया